शब्द दृश्य किन ?

लोकतन्त्रको पहिलो सर्त भनेकै जागरूक नागरिक र नेतृत्वलाई प्रश्न र खबरदारी हो | जबसम्म नागरिकले प्रश्न सोध्दैनन् त्यसको जवाफ आउँदैन अनि हामी निराश उङ्छौँ | हामी विश्वास गर्छौँ कि प्रश्न सोधियो भने त्यसको जवाफ आउँछ अब सोध्दै सोधिएन भने त जवाफ दिनेले जवाफ दिन जिम्मेवारी नै ठान्दैनन् | त्यसैले सही समयमा सही प्रश्न गर्न छोड्नुहुन्न | हाम्रो नेतृत्व गर्ने भनेर जिम्मा लिएकाहरूलाई प्रश्न गर्ने, सुझाव दिने हाम्रै जिम्मेवारी त हो नि होइन?

तपाईँहरू अवश्य पनि सोच्दै हुनुहोला प्रश्न त गर्ने तर कसरी गर्ने के मा गर्ने, कुन माध्यमबाट गर्ने | हुन त संचारमाध्यमहरुले समय समयमा हामीलाई नेतृत्व गर्नेहरूलाई प्रश्न गरेर हाम्रो आवाज पनि बनिदिने गरेका छन् | अझ अहिले सामाजिक सञ्जालको यो युगमा त हामीलाई अझ सजिलो भएको छ प्रत्यक्ष आफ्नो प्रश्न आफ्नो सुझाव आफ्नो नेतृत्व सामु राख्ने |

यद्यपि यदि तपाईँहरू मेरो आवाज कहाँ राख्ने, मैले कुन माध्यमबाट प्रश्न गर्ने, मेरो आवाजलाई मैले उठाएको कुरालाई अझ बुलन्द कसरी गर्ने भनेर सोच्दै हुनुहुन्छ भने हाम्रो प्लेटफर्म मार्फत तपाईँ आफ्नो प्रश्न, आफ्नो खबरदारीको आवाज बेफिक्री यस  प्ल्याटफर्म मार्फत राख्न सक्नुहुन्छ |

लोकतन्त्रमा नागरिक आवाजलाई बलियो बनाउनु पर्छ, त्यसको लागि नागरिकलाई प्रश्न गर्न प्रोत्साहन गर्नुपर्छ अनि प्रश्न गर्ने ठाउँहरू पनि प्रशस्तै हुनुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै हामी यो शब्द दृश्यको रुपमा यो  प्ल्याटफर्म ल्याएका हौँ  |

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?