प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिमा दुई भन्दा लामो समय सम्म भएको छलफल पछि पनि सर्वसहमत हुन नसकेको नागरिकता ऐन संशोधन सम्बन्धी विद्येयक बहुमतका आधारमा पास गरि संदनमा पठाइयो । २०७५ साउन २२ गते संसदमा दर्ता भएको यो विद्येयक दलहरुका विचमा सहमति जुट्न नसकेका कारण रोकिदै आएको थियो । तर यता संसदबाट पारित गर्न नसकिएको विद्येयकलाई प्रभावित पार्ने गरि प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ९ गते नागरिकता सम्बन्धी अध्यादेश जारि गरे । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्ने मुख्य विषय समेटेर प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका थिए । तर यसलाई वस्तुगत आवश्यकताको आधारमा भन्दा पनि शासकले आफ्नो स्वार्थका लागि ल्याएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारि गर्दै तत्कालका लागि कार्यान्वयनमा रोक लाएको छ ।
यसरी पटक पटक उठ्ने नागरिकता सम्बन्धी विवाद के हुन त ? सरकारले ल्याएको अध्यादेशमा के छ ? संसदमा प्रस्तावित विद्येयकका प्रावधान के छन ? र अध्यादेश अनुसार नारिकता वितरण गर्न रोक्ने सर्वोच्चको अन्तरिम आदेशमा के भनिएको छ ? यी सवै विषयमा हामीले यहाँ चर्चा गरेका छौ ।
नेपालको संविधान २०७२ मा नागरिकता सम्बन्धी भएका व्यवस्थाहरुः
नेपालको संविधानको भाग दुईमा नागरिकता सम्बन्धी व्यवस्था छ । धारा १० देखि १५ सम्म नागरिकताका सम्पुर्ण विषयलाई समेटिएको छ । जसमा कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चित नहुने देखि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने प्रावधान सम्मको व्याख्या गएिको छ । नागरिकताका सम्बन्धमा संविधानले बोलेका विषय कार्यान्वयनमा भने समस्या देखिएको छ । संविधानमा व्यवस्था गर्ने तर ऐन संशोधन नगरेको भन्दै विभिन्न क्षेत्रबाट त्यसको विरोध पनि भइरहेको छ । त्यसमध्ये अझै बढि मधेश केन्द्रीत दलहरुले यसलाई आफ्नो ऐजेण्डा नै बनाएको देखिन्छ । यध्यपी यो समस्या मधेशमा मात्रै सिमित भने छैन । नागरिकता संम्बन्धि अहिले विवादमा रहेको मुल विषय भने संविधानको धारा ११ का केहि प्रावधान कार्यन्वयन नहुनसँग सम्बन्धित छ । धारा ११ को उपधारा ३ मा यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपाली नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने उल्लेख गरिएको छ । अर्को विषय उपधारा ५ सँग सम्बन्धित छ । नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा आमाको नामबाट नेपाली नागरिकता प्रदान गरिनेछ तर, बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ । संविधानमा भएको यो व्यवस्था कार्यान्वयनका सम्बन्धमा विद्यमान ऐन अनुसार सम्भावना छैन । ऐन संशोधनका विषयमा दलहरुका विचमा रहेको असमझदारीका कारण त्यो संसदमै अडकिएको छ अहिले त प्रतिनिधिसिभा विघटनले त्यो अलपत्र नै परेको छ । त्यसरी नागरिकता संवन्धि ऐन संशोधन हुन नसक्दा संविधानमा भएको व्यवस्था पनि कार्यान्वयन हुन नसकेको हो । प्रतिनिधिसभालाई निष्प्रभावि बनाउदै गएको सरकारको ध्यानपनि विद्यायीकाबाट कानुन निर्माण गर्नु भन्दा पनि अध्यादेश मार्फत नै चल्ने देखियो । यसरी संविधानको व्यवस्था अनुसार नागरिकता ऐन संशोधनलाई ध्यान नदिएको सरकारले त्यसको कार्यान्वयनका लागि अध्यादेश जारि ग¥र्यो । तर सर्वोच्चले त्यसको कार्यान्वयन तत्कालका लागि रोकिदिएकोे छ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









