देशमा कयौं क्रान्तिहरु भए, क्रान्तिकै जगमा टेकेर व्यवस्था परिवर्तन भयो । लोकतन्त्र, गणतन्त्र हुँदै देशमा संघियता आयो । क्रान्ति गर्नेहरु सत्तामा आए । देशमा तीन तहको सरकार आयो । क्रान्ति गर्ने बेलादेखि कृषि क्रान्ति गर्ने भन्नेहरुको नीतिमा त कृषि क्रान्ति आयो तर व्यवहारमा कहिले आएन । नीति तथा कार्यक्रममा कृषि क्रान्तिका कुरा गरे पनि त्यसको लाभ कृषकले लिन सकेन भन्दा पनि सरकारले दिन चाहेन । दिनेहरुले नियतले दिएन । कृषि प्रधान देश भनिए पनि कृषिलाई प्राथमिकतामा राखिएन । संघ वा प्रदेश सरकार नीतिमा कृषि क्रान्तिका कुरा गरे पनि कृषक सधैं पीडित नै भए ।
रोपाईं गर्ने बेलामा मल बिउमा लफडा, धान फल्यो मुल्यमा लफडा, मकै रोप्यो व्यापारीको मनोमानी उचित मूल्यको अभाव, तरकारीमा पनि विचौलीयाको मनोमानी । कृषिमा गरेको लगनी पनि उठाउन अभाव भए पछि कसरी हुने हो कृषिमा क्रान्ति ? सधैं किसानलाई समस्या भईरहने तर विचौलीया र व्यवसायी मोटाईरहने यस्तो छ यहाँको चलन । खेती गर्ने पनि उही पुरानो तरिका । नयाँ प्रविधि भनौं वा जे भनौं जनताका लागि ट्रेक्टर एउटा साथी बनेको छ त्यसमा पनि गरिबलाई राहत भन्दा पनि धनिका लागि कमाई खाने धन्दा।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.











