राजनीतिज्ञको मुल ध्येय भनेको जनताको सेवामा समर्पित हुनु हो । आम जनताको दुःख र अभावलाई समाधान गर्न लाग्नु उसको पहिलो दायित्व पनि हो । उनीहरुले आफ्ना व्यक्तिगत आवश्यकता भन्दा माथि उठेर जनताको सेवामा समर्पित हुने प्रतिवद्दता समेत व्यक्त गरेका हुन्छन् तर परिस्थिति बिस्तारै फेरिदै गएको छ । देशमा शासन पद्वती फेरिएको छ । जनताको बलमा राणा, पञ्चायत हुँदै राजतन्त्र समेत विदा भइसकेको छ । यी सबै परिवर्तनमा जनताले रगत बगाएका छन् । व्यवस्था त परिवर्तन भयो तर आम मानिसको जीवनमा भने अह: परिवर्तन आउन सकेन । राजनीतिक पहुँचका आधारमा सत्ताको दुरुपयोग बढ्दै गएको छ । आम मानिसलाई चुनावको समय बाहेक राजनीतिज्ञलाई सम्झिने फुर्सद नै छैन । राजनीतिज्ञहरु आफ्नै व्यक्तिगत स्वार्थमा केन्द्रीत छन् । जसरी पनि सत्ता हत्याउनु पर्ने मानसिकता दलहरुमा व्याप्त छ । सत्ताको दुरुपयोगदेखि बाहुबलको प्रयोग उनीहरुका लागि सामान्य बन्दै गएको छ । विचारको खडेर पर्दै जाँदा दलबलकै भरमा सत्तामा पुग्ने मानसिकतामा दलहरु पुगेको देखिन्छ ।
विचार शून्य राजनीति
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.











