मेरो घर उदयपुर हो। म काठमाडौं ललितपुरमा ज्याला मजदुरी (घर बनाउने काम) गर्दै गुजारा चलाइरहेको थिएँ। कोरोना लकडाउनले गर्दा काम रोकियो। ठेकेदारकोमा बसाइ भयो। आफूसँग भएको अलिअलि कमाइ पनि ठेकदारकोमै सकिने अवस्था भयो। ठेकदारकैमा बसाइ खुवाइ भएपछि कमाएको पैसा सबै ठेकदारले नै कटाउन थाले। बिहान बेलुका खाएको २ सय रुपैयाँ लिन्थे। दिनदिनै पैसा पनि तिर्दा सबै सकियो। काम पनि छैन, केही नदेखेपछि मान्छेले घर सम्झँदो रहेछ। हामी जम्मा १० जना थियौँ। ६ जना उदयपुरको ४ जना सप्तरीको। बाँकी रहेको अलिअलि खर्चले हामी पैदल घर जान काठमाडौँबाट चैत अन्तिम साता हिँड्नेबारे सोच्यौं। घर आउने बेला ठेकदारले जम्मा २ हजार दिएको थियो।
लकडाउनका कारण दिउँसो हिँड्न पनि मुस्किल थियो। काठमाडौँबाट हामी रातिको ८ बजे हिंड्यौँ, १०-११ बजेतिर साँगा पुग्यौं। साँगा पुगेपछि त्यहाँको पुलिसहरूले एउटा तरकारी बोक्ने गाडीमा चढाइदियो। त्यो तरकारी बोक्ने गाडीमा हामी बनेपासम्म पुग्यौँ। बनेपाबाट फेरि धुलिखेल हिँड्दै हिँड्दै पुग्यौँ। बीचमा ३ ओटा ट्याक्सी भेटियो। त्यो ट्याक्सीमा हामी भकुन्डेबेसीसम्म आयौँ। त्यहाँसम्मको भाडा १० जनाको ५ सय ५० रुपैयाँ तिर्नुपरेको थियो। त्यो भकुण्डेबेसीबाट अलिकति तल झरेर एउटा बाटोछेउकै छहारी पसलमा ३ बजेदेखि ४ बजेसम्म एकछिन सुत्यौं।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




