एकातिर कोरोना कहर अर्कोतिर प्राकृतिक विपत्तिको कहर, यो ६ महिना त मैले जीवनकालमै नभोगेको कहालीलाग्दो परिस्थितिको सामना गरेँ । सायद मैले मात्र होइन हामी बार्हबिसेवासी सबैले । त्यसमाथि नेपालमै पहिलो कोरोना सङ्क्रमितको मृत्यु हाम्रै बाह्रबिसे नगरपालिकाको एक सुत्केरी महिलाको भयो । भारततिरको सीमा जिल्लाहरू हटस्पट बन्ने अनुमान भइरहँदा हामीतिरको सीमामा त त्यस्तो जोखिम छैन भनेर सतर्क त थिएँ अनि केही ढुक्क पनि । तर खै कसरी देशमा फाट्टफुट्ट देखिएको कोरोना सङ्क्रमणले जेठ २ गते हाम्रो नगरपालिकामा एक जनाको ज्यानै लिएपछि सुरुमा त हामी निकै आत्तियौँ । भर्खर भर्खर नेपालमा भित्रिएको कोरोना भाइरसबारे हामी धेरै जानकार त थिएनौँ तर घटना भइसकेपछि हामी पूर्णपुरमा सचेत भयौँ । त्यसैले अब कसरी अगाडी बढ्न सकिन्छ भनेर नगरपालिका स्तरमा व्यापक छलफल गर्यौँ ।
नजिकका चार वटा गाउँपालिका र बाह्रबिसे नगरपालिका मिलेर एउटा क्षेत्रीय क्वारेनटिन निर्माण गयौँ । त्यसको संयोजक भने म बसेँ । देशभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसको असर हाम्रो सिन्धुपाल्चोक जिल्लामा पनि पर्यो । क्षेत्रीय क्वारेन्टाइन निर्माण गरे पनि दुई महिनामै आर्थिक अभावले चल्न नसक्ने अवस्था आएपछि हामीले त्यसलाई छोड्यौँ । अरू गाउँपालिकामा सङ्क्रमित धेरै भएर पठाउन थालेँ तर पैसा अभाव कायमै रह्यो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




