सुरुमा त अरूलाई जस्तै हामीलाई पनि यो कोभिडको त्रास निकै भयो । त्यो बेलामा हामीले खासै केही गरेनौँ तर पछि भने भर्चुअल माध्यमबाट बैठकहरू गर्न थाल्यौँ । कोरोनाको बारेमा अध्ययन पनि गर्यौँ । बढी आतङ्कित र भयभीत हुने भन्दा पनि कसरी सुरक्षित रहने, कसरी संयमित रहने, आफू र अरूलाई पनि कसरी सचेतना दिने भन्नेमा लाग्यौँ । यो बिचमा जनताका समस्या पनि धेरै आए । कोही अस्पताल जान पनि नपाउने, कोही एक ठाउँबाट अर्को ठाउँ जान नपाउने, वैदेशिक रोजगारमा रहेका दाजुभाइ दिदीबहिनीहरूको पनि समस्या थिए । हामीसँग नजिक रहेकाहरूले फोन, म्यासेजमार्फत धेरै दुःखहरू सुनाएका थिए । हामीले सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने कुरा गर्यौँ । केही समयपछि भौतिक दुरी कायम राखेर पनि बैठकहरू गर्यौँ । तीन तहका सरकारमा कोरोनाले कस्तो असर पारेको छ, उनीहरूले कसरी काम गरिहरेका छन् भन्ने सन्दर्भमा सम्बन्धित निकायसँग छलफल गर्ने काम पनि गर्यौँ । त्योसँगै संसद्मा १६ वटा विषयगत समितिको समीक्षात्मक बैठक पनि भयो । राष्ट्रिय सभा अन्तर्गत चार वटा समितिले पनि छुट्टै समीक्षात्मक बैठक गर्यो । समितिमा भएका कामहरू गर्ने अनि व्यक्तिगत रूपमा एउटा जनप्रतिनिधिको हिसाबले त्यहाँका समस्या समाधान गर्नतर्फ लागेँ । त्योसँगै लकडाउनको बेला आवश्यक परेको बेलामा मात्रै बाहिर निस्किने नत्र घरभित्रै बसेर सूचना प्रविधिको माध्यमबाट काम गर्यौँ । यो बिचमा अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशका सङ्घीयताको अनुभवका बारेमा समेत छलफल गर्यौँ । जनसरोकारका विषयहरूलाई समितिमा छलफल गरेर हामी अगाडि बढ्यौँ ।
जनताको तहबाट हेर्दा जनतालाई कोरोनाको त्रास छ । कोरोनाकै कारणले अस्पतालमा जान डराउने अवस्था छ । पहिलाको जस्तो अरू बिरामी जाँदा तुरुन्तै उपचार हुँदैन । अनि पिसिआर परीक्षण नभईकन अस्पतालले भर्ना नलिने समस्या अहिले पनि कतिपय अस्पतालमा छ । आइसियु खाली छैन अनि एम्बुलेन्सहरूको पनि असुविधा छ । निषेधाज्ञा र लकडाउनमा अत्यावश्यक परेको बेलामा समेत सर्वसाधारणलाई एक ठाउँबाट अर्को ठाउँमा जान अप्ठ्यारो पर्यो । त्यस्तो बेलामा पास लिने प्रक्रिया पनि झन्झटिलो बनाइयो । स्थानीय तहबाट सिफारिस अनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने बाध्यताका कारण सर्वसाधारणलाई धेरै गाह्रो भयो । जिल्लाबाट विभिन्न नाकाबाट राजधानी छिर्नु भएको छ तर राजधानीको नाकामा आएर घण्टौँसम्म कुर्नुपर्ने अवस्था उत्पन्न भयो । हामीले यसबारेमा समितिको तर्फबाट ध्यानाकर्षण गरायौँ व्यक्तिगत रूपमा पनि मैले फोन गरेर यो बारे भनेकी थिएँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




