हामीलाई मात्र होइन सारा विश्वलाई नै अत्तायो यो महाविपद् कोरोना भाइरसले । प्राय: राजनीतिक आपद् विपद् उतारचढाव देखेका हामी नेपालीलाई यो कोरोना भाइरस नयाँ किसिमको चुनौती बनेर आयो । स्वास्थ्य क्षेत्रमा यत्ति ठुलो समस्या सायदै नेपालले कहिले भोगेको थियो होला । केन्द्रीय सरकार मात्र भएको भए सायद हामी गाउँलेको समस्या न त समाधान हुन्थ्यो न त सम्बोधन नै । हामी गाउँले एक कुनामा मरेर बस्थ्यौँ होला उता काठमाडौँको सिंहदरबारले विरलै त्यो खबर सुन्थ्यो होला तर अहिले त्यस्तो भएन । ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा त बल्ल कोरोना भाइरस महामारी पछि जनताले थाहा पाए जस्तो लाग्छ ।
अहिले त लकडाउन खुल्यो तर यो बेला हामी स्थानीय सरकारलाई झन् पो समस्या देखिएको छ । स्थानीय तह मात्र लकडाउन गरौँ भने पनि जनता रिसाउने ‘केन्द्र सरकारले त लकडाउन खोलिसक्यो स्थानीयको मात्र के को फुर्ती हो’ सम्म मान्छेले भन्न भ्याइसके । लकडाउन गरौँ वा निषेधाज्ञा लगाऊ भने पनि झन् सङ्क्रमण पो फैलने हो कि भन्ने पिर थपिएको छ । यतिन्जेल गाउँपालिकालाई जोगाएर राखेको हामीले अब अन्य ठाउँमा बसेका स्थानीय जनता वा कामले यता आउनेहरूबाटै कोरोना सङ्क्रमण सर्छ कि भन्ने त्रास छ । सो बाट आफ्ना जनतालाई कसरी जोगाउने भन्ने चिन्ता लागिरहेको छ । लकडाउन हुँदा त सजिलो थियो । अहिले भिडभाड बढेको छ । स्थानीय तह भित्र आउने सबैलाई पीसीआर गरेकै हुनु पर्ने परिवारमा आएको छ भने पनि सबैको सम्भव छैन भने मुख्य एक व्यक्तिको मात्र भए पनि पीसआर टेस्ट गर्नै पर्ने नियम बनाएका छौँ । तर कोही त्यसरी थाहा नदिई हतारमा आएको छ भने उसलाई १४ दिन क्वारेन्टाईनमा बस्नै पर्ने त्यसमा अटेरी गर्नेलाई प्रशासन लगाएर भए नि सम्झाई बुझाई गर्ने काम भइरहेको छ । सुरुमा गाउँ गाउँमा प्रतिकार समूह बनाएका थियौँ । उनीहरूलाई पनि अब लकडाउन खुलेपछि सक्रिय बनाएर परिचालन गर्ने वडाको निर्णय भएको छ । सुरु सुरुमा हामीले क्वारेन्टाईनमा राखेकाहरूलाई दिनमा १७५ को दरले खाना खर्च दिने गरेका थियौँ तर अब त गाउँपालिकाको खर्चले नधान्ने स्थिति आएपछि सबैलाई होम क्वारेनटाइनमै राख्ने आफ्नै खर्चमा आइशोलेनमा बस्ने व्यवस्था गरेका छौँ तर त्यसरी बसेकाहरूमा लक्षण देखिएमा पीसीआर टेस्ट चाहिँ वडाको समन्वयमा गाउँपालिका मार्फत निःशुल्क गर्ने व्यवस्था गरेका छौँ । हाम्रो गाउँपालिकाले त नयाँ नियम बनाएको छ । गाउँपालिकामा भित्रने जो कोहीले पनि एक हप्ता अगाडि सम्म गरेको पीसीआर टेस्टमा नेगेटिभ आएको रिपोर्ट देखाउनु पर्नेछ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




