खै के भन्ने, जिन्दगीमा साह्रै दुःख छन् । आफ्नो दुःख त लुकाएर पनि बाँच्न सकिन्छ तर परिवारको दुःख लुकाउन नसकिँदो रहेछ । म पेसाले एउटा शिक्षक । करिब पाँच महिना बढि भो तलब नपाएको । बेरोजगार नै हुनुपरेको भए त सायद त्यो तलबको पनि त्यति मतलब नहुँदो हो । यता उता गरेर जसोतसो टर्दो हो जीवन तर यो जागिरले त जीवनलाई यस्तो मझधारमा ल्याएर खडा गरिदियो कि न यसलाई चट्ट छोडेर अगाडि बढ्न सक्छु न यसलाई साथमा लिएर जिन्दगीका खुशीहरुलाई यथावत् राख्न सक्छु । कसैले भन्थ्यो जागिर भनेको अरूको अगाडि गएर गिर्ने हो रे । हामी अरूको जागिर खानेहरुले जत्तिको यसको अनुभव अरू कसले गर्न सक्छ होला र ? हामी जागिरेहरुको व्यथा यो कोरोना कहरमा त छताछुल्ल भयो ।
यो आठ महिना कसरी गुजारें म जिन्दगीमा कहिल्यै सम्झिन चाहन्न । हुन त संघर्षका कथाहरू कहिल्यै भुल्नु हुँदैन भन्छन् । तर यो कस्तो सङ्घर्ष आफ्नो श्रमको मूल्य पाउन पलपल तड्पिनुपर्ने ? सारा दुनियाँलाई भाईरसबाट जोगिनुको चटारो छ आफूलाई घरव्यवहार चलाउनुको । ‘यो महिना पनि विद्यालय खुलेन अब कसरी घरव्यवहार टार्ने’ भनेर अलमल्ल पर्दै कटिरहेछन् मेरा यी कोरोना कहरका दिनहरू । यदि विद्यालय खुल्थ्यो भने म यति बेला विध्यार्थीहरुलाई पढाउने पाठहरूको योजना बुन्दै हुन्थेँ । एकदम सन्तोषजनक कमाई नभए पनि महिना पिच्छे तलब आउनेमा ढुक्क हुन्थ्यो, एक तरिकाले घर चलिरहन्थ्यो । आफ्नो र विद्यार्थीको सपना सजाउनमै व्यस्त हुन्थेँ तर अहिले तलब नआउँदा सिर्जित अभावहरू टाल्नै मलाई फुर्सद छैन, सपनाको कुरा त कता हो कता ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









