पुरानो स्याफ्रुबेसी बजारअहिले शान्त छ ! यो बजार रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नं ५ मा पर्छ | भर्खर कोरोना कहर पछि तंग्रिन तरखर गर्दै थियो तर दुर्भाग्य यसले फेरि प्राकृतिक विपदको अर्को कहर भोग्नुपर्यो |
अप्रत्यासित परेको यो बज्रपातले, यतिबेला पर्यटकहरुको चहलपहलले गुल्जार हुनुपर्ने यो बजार अहिले स्तब्ध छ | पर्यटकलाई स्वागत गर्न ठिक्क परेको यहाँका स्थानीयहरु अहिले आफै यहाँबाट पर कतै सुरक्षित ठाउँ खोज्दै हिँड्नु परेको छ |
यो घटना घटेको लगभग तीन महिना हुन लाग्यो तर डर चै धेरै महिनादेखि थियो भनेर हामीसँग मनको बह पोख्दै थिए कतिपय स्थानीयहरु |
‘धन्न मानवीय क्षतिहरु त त्यस्तो भएन तर यो ठाउँ भने धेरै असुरक्षित भएको छ | जुनै पनि बेला ढुङ्गा खस्ने डर छ | भूकम्प र यो गरेर दुईपटक यसरी डरैडरले उठिबास नै लगाई सक्यो’ भन्दै थिए स्थानीयहरु |
अहिले यहाँका २५ घरहरु (स्थानीयको अनुसार) भने नजिकै अर्को सरकारी भवनमा सारिएको छ केहि समयको लागि |
स्थानीय र जनप्रतिनिधि दुवैसँग हामीले कुरा गर्दा यो ठाउँ अहिले निकै जोखिममा रहेको बताए | सरकारी भवनले सुरक्षा त दिएको छ तर यो हाम्रो लागि समाधान होइन भन्दै थिए स्थानीयहरु |
‘प्राय: दिउँसो गाई-बाख्रा चराउन, घरको माया लागि हाल्छ सामानहरु चेक गर्न, सफा गर्न आउन थालेका छौं, प्रहरीले नजानु भनेपनि’ भन्दै थिए स्थानीयहरु |
अब कहिलेसम्म उहाँहरु सुरक्षित आफ्नो घर फर्कन पाउछन्’ भने हाम्रो प्रश्नमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष सिङ्गी धिंडुप तामाङले भने ‘हामी अहिले मात्रै भुगर्वविद्को पर्खाईमा छौं | उताबाट उनीहरु जति छिटो आउछन् काम त्यति छिटो सुरु हुन्छ | हामीले प्रदेशलाई चिठी मार्फत् जानकारी गराईसकेका छौं तर केहि जवाफ आएको छैन न भुगर्वविद् अईपुगेको छ | कति कुराहरु हामीले मात्र चाहेर भईहाल्दैन | आशा गरौँ अब छिट्टै उनीहरुलाई कि आफ्नै घरमा फर्काउनेछौं कि कतै सुरक्षित ठाउँमा थाई बसोबासको लागि पहल गर्नेछौं |’
पुरानो स्याब्रुका विपद पीडितहरु भने आजकल नयाँ मान्छे कोहि त्यहाँ पुग्यो कि भुगर्वविद् हो कि भनेर उत्साहित भईहाल्छन् अनि होइन भनेसी मलिन अनुहार बनाउछन् | हामि पुग्दा पनि उनीहरु भुगर्विद हो कि भनेर उत्साहित भए केहि बेर अनि आफ्ना समस्या, कथाहरु सुनाएर केहि भए नि मन हल्का गरे | अनि हामीलाई ‘हाम्रो दु:ख, कथा काठमाडौंमा पनि सुनाइदिनु है’ भनेर आशाका अनुरोधहरु गरे |
थाहा छैन उनीहरुको दु:ख, समस्या प्रदेश हुँदै काठमाडौंसम्म आईपुग्यो कि पुगेन, सम्बन्धित निकायले कदम चालिसके कि सकेनन् तर हामी चाहन्छौं आम मान्छेका कथाहरु स्थानीय, प्रदेश, संघ कसले सुनिदिनुपर्ने हो, बुझिदिनु पर्ने हो छिटो सुनिदियोस्/बुझिदियोस् | स्थानीय, प्रदेश, संघ भन्दै कहिँ कतै नअड्कियोस् | झन् विपदका यस्ता विषयहरु त जतिसक्दो छिटो समाधान होस् |
#विपदविपत्ति #आममान्छेकाकथा #ग्राउन्डस्टोरी #कथासिरिज
#StoryofCommonMan #GroundStory #DelayinDisaterResponse
फोटो: Aayush Shrestha @Ramesh Shrestha
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.





