अहँ शासकहरु सुन्दै सुन्दैनन् । बोल्ने हुटहुटि चल्यो भने बोलिहाल्छन् । ठूलाठूला स्वरमा ठूला कुरा सुनाउछन् । हामी ठूलो स्वरले बोल्यो भने नबोल भन्छन् । बोल्न दिदैनन् । बोलेका कुरा सुन्दैनन् । शासकहरु मस्त निन्द्रामा परेको नाटक गरिरहेका छन् त्यसैले माइतिघर मण्डला र बालुवाटारमा गएर बिउँझाउने प्रयास गर्दा शासकहरु डराउँछन् । तर हामीले बोलेको वास्तै गर्दैनन् । अहँ सोध्दैनन् ।बरु उल्टै नबोल भन्दै पानीका फोहोरा र अश्रु ग्यासले भगाउँछन् ।
लोकतन्त्रमा शासकहरु हामी नागरिकले चुन्ने हो । हामीलाई शासन गर भनेर ब्यालेट बक्समा आफ्नो गोप्य भोट खसाल्छौँ तर शासकहरुले हाम्रो भोटको सम्मान गर्दैनन् । चुनावमा दश औँला जोडेर विन्ति टक्राउँछन । चुनावको समयमा भोट दिनोस् हामी तपाईंको नोकर बन्छौँ भन्छन् । हामी चुपचाप तिनीहरुका सबै कर्तुत भुलेर क्षमा दिन्छौं । हामी हाम्रो भावना बदल्छौँ तर शासकहरु निर्दयी हुन्छन् । आफ्नो कर्तुत बिर्सिदैनन् केवल बिर्सन्छन, सोझा नागरिकसँग गरेका प्रतिवद्दता ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.











