विश्वभर फैलिरहेको कोभिड १९ सङ्क्रमणको सुरुवाती दिनमा म कार्यरत संस्था नेपाल परिवार नियोजन सङ्घ दाङ शाखामा पनि नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते देखि लकडाउन घोषणा गर्यो । सबैलाई घरमै सुरक्षित भएर यो सङ्क्रमणलाई परास्त गर्न आग्रह गरेको थियो । । सोही अनुरूप हामीले पनि म कार्यरत दाङको प्रतिष्ठित स्वास्थ्य संस्था नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा द्वारा सञ्चालित परिवार स्वास्थ्य केन्द्र लगायत शाखाबाट सञ्चालित सम्पूर्ण क्लिनिकहरू बन्द गर्ने निर्णय गरियो । तर लगातार सेवाग्राहीको फोन र हामीलाई पनि यो जटिल परिस्थितिमा सेवा बन्द गर्दा सेवाग्राहीहरूमा पर्न जाने असर प्रतिको जिम्मेवार बोध र सेवाग्राहीको सेवा आवश्यकताको महसुस गरी शाखामा कार्यरत सबै स्टाफहरू छलफल गरी सेवालाई निरन्तरता दिने निर्णय गर्यौं । चैत २४ गतेदेखि शाखा क्लिनिकबाट प्रदान गरिने अत्यावश्यक जस्तै परिवार नियोजन ,गर्भवती जाँच , सुरक्षित गर्भपतन आदी जस्ता अत्यावश्यक सेवा स्वास्थ्य सुरक्षा अपनाई प्रदान गर्ने निर्णय गरी सुरुवात गर्यौं ।
त्यो समय कोभिडको सङ्क्रमण प्रति डर त्रास सबैमा अत्यधिक थियो तर पनि हामी आफ्नो जिम्मेवारी बोध गर्दै सेवामा सधैँ तल्लीन रहँदै आयौं । स्वास्थ्य सतकर्ता अपनाउँदै सेवा निरन्तरता दिँदै बिस्तारै हामीले प्रदान गर्ने सम्पूर्ण सेवाहरू जस्तै बच्चाहरूको खोप सेवा, महिलाहरूको पाठेघर लगागत प्रजनन स्वास्थ्य सेवा, गर्भवती जाँच सेवा, सुरक्षित गर्भपतन सेवा यौन रोगको उपचार तथा परामर्श सेवा आदि सम्पूर्ण सेवाहरू हाम्रा सामुदायिक क्लिनिक, परिवार स्वास्थयकेन्द्र तथा घुम्ती क्लिनिकहरू मार्फत उपलब्ध गराउँदै आइरहेका थियौं । सबै स्वास्थ्यकर्मी साथीहरूमा पनि जटिल परिस्थितिमा पनि सेवा प्रदान गर्दै जाँदा छुट्टै आनन्द अनुभूति गरिरहेका थियौं । यसै बिचमा बडा दशैं२०७७ पनि आयो र दसैँ पछि सबै फेरि नियमित कार्यमा फर्कियौं ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.












