Shabda Drishya
  • Login
No Result
View All Result
Shabda Drishya
No Result
View All Result
Home आम मान्छेको कथा

नागरिकताको लागि कति लड्नु, को कोसँग लड्नु..

आशदेव यादव by आशदेव यादव
March 5, 2022
Reading Time:1 min read
0
नागरिकताको लागि कति लड्नु, को कोसँग लड्नु..

‘म आशदेव यादव । म कलैया उपमहानगरपालिका – २ कवलपुरमा बस्छु जुन नेपालमै पर्छ तर राज्यले मलाई अझै यो देशको नागारिक मानेको छैन ।
म जन्मेको नै यहीं हुँ । म २७ वर्षको भईसकें । देशको कानुनले १६ वर्षमै ‘तँ यो देशको नागरिक होस्’ भनेर नागरिकताको प्रमाणपत्र दिए पनि २७ वर्ष पुगिसक्दा पनि यो देशले मलाई नागरिकताको प्रमाणपत्र दिन मानेको छैन । म अझै यो देशको नागरिक बन्न लडिरहेको छु । अझै कति उमेरसम्म लड्नु पर्ने हो त्यो पनि थाहा छैन । एउटा आम मान्छे भएर जन्मिनु यो देशमा निकै गाह्रो छ त्यो भोग्नेलाई मात्र थाहा छ, सत्तामा बसेर अनेक कल्पना गर्दै बस्नेलाई सायदै थाहा होला ।
बुवा [आफ्नो] नागरिकता नबनाएरै बित्नुभयो, आमाको वंशज र दाईको जन्मसिद्ध नागरिकता छ । अहिले मेरो घरमा अझै ७ जनाको नगारिकता छैन । अनि कति तनाव हुन्छ, घरिघरि त मर्दिम जस्तो नि लाग्छ । कति लड्नु यो लडाइँ? के चैं गर्नु म पनि यहि देशमा जन्मेको, बसेको हुँ भनेर प्रमाणित गर्नलाई।
सानैदेखिको सपना थियो पुलिस अथवा आर्मीमा भिड्ने तर म नभिड्दै रिजेकटेड भएँ- कारण सरकारी सेवामा भिड्न त पहिला म यो देशको नागरिक हुनुपर्यो जुन मलाई अहिलेसम्म राज्यले मानेको छैन ।
अहिले म राजमिस्त्रीको काम गरिरहेको छु किनभने यसमा मैले यो देशको नागरिक हो कि होइन भनेर स्पष्टीकरण दिनुपरेन । एउटा बाइक छ दाईको नाममा चलाउछु किनकि नागरिकता नभएर मैले ड्राइभिङ लाइसेन्स बनाउन पनि पाईन । त्यसैले, बाईक त चलाउछु तर दाईको नाममा । अनि लाईसेन्स नभएसी आफ्नै गाउँठाउँ-वरिपरि बाहेक अरु ठाउँमा जान सक्दिनँ । यस्तो कुराहरुले गर्दा सार्है दिक्क लाग्छ, रिस उठ्छ ।
अब यो देशले नागरिक माने पनि नमाने पनि म एउटा मान्छे हुँ । मेरो पनि परिवार छ । मैले आफ्नो गुजारा पनि त चलाउनुपर्यो । आफ्नो सपनासँग त लड्न सकिनँ किनकि धेरै ढिला भईसक्यो । अब त उमेरले पनि साथ दिंदैन तैपनि यो देशको नागारिक बन्ने लडाइँ लड़द्दै म आफ्नो दैनिक जिन्दगीको लडाइँसँग पनि लडीनै रहेको छु ।
सधैं राजमिस्त्री गरेर मात्रै पनि जिन्दगी चल्छ जस्तो लाग्दैन, व्यापार गर्ने सोँच आएको छ । अहिले खान लाउन पुगेर मात्र पनि त भएन, पछिको लागि पनि सोच्नुपर्यो । बालबच्चा छन्, उनीहरुको राम्रो भविष्यको लागि पनि त मैले अहिले मिहिनेत गर्नुपर्छ तर सोचेर मात्र पनि त नहुँदो रहेछ । व्यापार गर्न लगानी खोज्नुपर्यो, व्यवसाय दर्ता गराउनुपर्ला, बैंक खाता हुनुपर्ला, फेरि सबै कुरा उही नागरिकतामै आएर ठोक्किन्छ ।
बार बार मेरो सपना र सोंच मात्र टुक्रिदैन, यो राज्यले मलाई ‘तँ यो देशको नागरिक हो र ?’ भनेर गरिरहेको प्रश्नले अत्ति नै मन दुख्छ ।
कक्षा ८ सम्म पढेको छु । ‘नेपाली’ नागरिकता पाएका आफ्नो साथीहरू राम्रो ठाउँमा पुगेको, आर्थिक अवस्था मजबुत बनाएको देख्दा आफ्नो नियतिलाई कोस्ने बाहेक अहँ केही गर्न सक्दिनँ । सक्ने जति सबै त गरिसकेँ ।
जिल्ला प्रशासन धाउँन थालेको पनि ११ वर्ष पो हुन लाग्यो त । [उच्च] अदालत [जनकपुरको अस्थायी इजलाज वीरगञ्ज] मा मुद्दा गरेर जितेको नि केही समय भईसक्यो । अदालतले समेत फैसला पक्षमा सुनाईसक्यो तर के गर्नु प्रशासनले “नियम आउँदै छ, [नागरिकता विधेयक पास भएपछि], आएपछि बन्छ” भन्छ । तर त्यो आउने चैं कहिले हो , अझै हामीले कति कुर्नुपर्ने हो, मेरो काम गर्ने उमेर छदै आउला कि म बुढो भईसकेपछि आउला कि मेरो बच्चाबच्चीले नि मैले जस्तै तनाव भोग्नुपर्ने हो, खै म त केहि मेसो पाउँदिन ।
घरिघरि त म पर्खाईको यो घडीहरु सम्झिदा सम्झिदै उल्कै अत्तालिंछु अनि फ्याट्टै यो घर छोडेर, यो देश छोडेर हिंडीदिन मन लाग्छ तर फेरि ठण्डा भएर सोच्छु यो देश मेरो पनि होइन र ? यहीँ जन्मेको म अरु कहाँ जानूँ र ?
खाना खाने बेलामा नागरिकताको झझल्को आयो भने खाना नि घाँटी तल उत्रिँदैन । नागरीकता नभएर कहिलेकाहिं यस्तो टेन्सन हुन्छ कि घरको माहोल नै पुरै बिग्रिन्छ । किनकि जे गर्न खोज्यो त्यहि एउटा नागरिकता अड्चन बन्दिन्छ । अठोट र मिहिनेत मात्र भएर पनि नहुँदो रहेछ त ।
अरु त अरु मेरो नागरिकता नभएर मेरी ३ वर्षीय छोरीको जन्मदर्ता पनि बनाउन सकेको छैन । नयाँ नियम आएछ कुन्नि, बिना जन्मदर्ता स्कूलले भर्ना लिँदैन । [प्रदेश] सरकारको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अन्तर्गत पाउने सुविधाबाट नि मेरी छोरी वञ्चित छे । कहाँबाट बेटी पढाउने र बचाउने र अगाडि बढाउने ? अब यो समस्याको शिकार म मात्र होइन भर्खर जन्मेको त्यो मेरो सानी छोरी समेत भईसक्यो ।
अनि यस्तो तनाव हामीलाई नागरिकता दिने नियम आयो कि सुरुमै भारतकै मान्छेले मात्र नागरिकता बाड्ने जस्तो गर्नेहरुलाई के थाहा देशकै नागरिकले यस्तो मानसिक तनावबाट गुज्रिनु परेको छ मात्रै त्यो नियम पास नभएर । कति लड्नु, को कोसँग लड्नु अब त मेरो यो ज्यान थाकिसक्यो । कहिलेकाहिँ त यस्तो लाग्छ म अब यो लडाइँसँग थाकिसकें । घरिघरि मरूँ मरूँ पनि लाग्छ।’

RELATED POSTS

कोरोनाको भन्दा पनि समाजको डर लाग्यो

ह्विलचेयर ठेलिदिने पनि कोही भएन

हो, म युवा हुँ

नोट: (हामी आम मान्छेहरूको कथा संकलन गर्ने क्रममा पर्सा पुगेका थियौं । हामीले आशदेव यादवलाई त्यहिँ भेटेका हौँ । भुइँमान्छेका कथाहरुमा नागरिकताविहिनहरुको कथा पनि महत्वपूर्ण कथा हो । बेलाबेला यो बारेमा मिडियामा कुरा उठ्छ, सडकहरु ततिन्छन्, संसद तातिन्छ तर समस्या ज्युँका त्युँ छ, कैयौं भुइँमान्छेहरु नागरिकताविहिन भएर बाचिरहनु परेको छ, आफ्नो दैनिकीसँग लडिरहनु परेको छ । हाम्रो खबरदारी बस् यत्ति हो कि नागरिकताको समस्या जतिसक्दो छिटो समाधान होस् र सबै नागरिकताविहिनहरुले नागरिकता पाएर आफ्नो जीवन सहज तरिकाले सम्मानित नागरिक भएर बाँच्न पाउन् ! त्यसैले, हामीले यो ‘नागरिकताविहिनहरुको कथा’ सिरिज सुरु गरेका छौं ।)

Support authors and subscribe to content

This is premium stuff. Subscribe to read the entire article.

Login if you have purchased

Subscribe

Gain access to all our Premium contents.
More than 100+ articles.
Subscribe Now

Buy Article

Unlock this article and gain permanent access to read it.
Unlock Now
ShareTweet
आशदेव यादव

आशदेव यादव

कलैया उपमहानगरपालिका – २ कवलपुर

Related Posts

कोरोनाको भन्दा पनि समाजको डर लाग्यो
आम मान्छेको कथा

कोरोनाको भन्दा पनि समाजको डर लाग्यो

December 20, 2020
आम मान्छेको कथा

ह्विलचेयर ठेलिदिने पनि कोही भएन

September 10, 2020
आम मान्छेको कथा

हो, म युवा हुँ

July 12, 2020
आम मान्छेको कथा

के-को मजदुर दिवस ?

May 1, 2020
Next Post

Unleash Your Luck and Dive into the Thrills of Campobet Casino

भर्खरका पोस्टहरु

  • Descubre los secretos ocultos en los codigos de doradobet
  • Doradobet app transforma tus apuestas en una experiencia dorada
  • Descubre la revolución del juego con doradobet apk en tu mano

विषय सूची

  • 777betus.us
  • 888poker-us.com
  • 888pokerromania.com
  • 888sportcanada.com
  • 888sportfrance.com
  • 888sportro.com
  • 888sportsouthafrica.com
  • admiralbet-italia.com
  • admiralbetes.net
  • ahh
  • betnationid.com
  • billybetsgreece.com
  • campobetus.us
  • casino
  • cazimbofinland.com
  • cazimbospain.com
  • codereespana.com
  • doradobetchile.net
  • doradobetespana.com
  • doradobetperu.net
  • gentingcasino-espana.com
  • gentingcasinoireland.com
  • kingbetfr.com
  • luckiacolombia.com
  • magicbetnl.com
  • magicwinindia.com
  • mega-medusaaustralia.com
  • megamedusaes.com
  • Public
  • revolutioncasinoitaly.com
  • savaspinsdeutschland.com
  • stanleybetro.com
  • stardacasinobrasil.com
  • stardacasinopl.com
  • starvegasch.com
  • starvegasespana.com
  • starvegasitalia.com
  • tropicacasino.us
  • trueluckcasinonederland.com
  • wildcasinocanada.com
  • wildvegascasinocanada.com
  • winnerzsv.com
  • winningznl.com
  • wplay-us.us
  • wplayturkey.com
  • आम मान्छेको कथा
  • आवाज
  • कोरोना कथा
  • पडकास्ट
  • ब्लग
  • मल्टि मिडिया

© 2021 TCS - Tanneri Chaso Servives Pvt .ltd | Powered by ASIT.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Cart
  • Checkout
  • Home
  • My account
  • Sample Page
  • Shop
  • Subscription
  • शब्द दृश्य किन ?

© 2021 TCS - Tanneri Chaso Servives Pvt .ltd | Powered by ASIT.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?