म १९ वर्षको भएँ । घर सिन्धुली जिल्ला, फिक्कल खुररी । खुर्कोटबाट ६ घण्टा पूर्वतिर बसको यात्रा गरेपछि पुगिन्छ । घरको जेठो छोरा हुँ । घरमा बा, आमा, दुई भाइ र एउटी बहिनी छे । बाले पटकपटक गरी ६ वर्ष वैदेशिक रोजगारीमा बिताए । परिवारको आर्थिक अवस्था फेर्न विदेश उडेका बा जाँदा भने जस्तो काम नहुँदा आफैले लिएको ऋण पनि तिर्न सकेनन् ।
यतैबाट ऋण खोजेर पैसा पठाएपछि बा असोजमा मात्रै घर फर्केका हुन्। त्यतिञ्जेल म ११ पास भइसकेको थिएँ । परिवारको समस्या नजिकैबाट देखेको हुँदा केही कमाउने चाह मनमा थियो । छिमेकी दाइ काठमाडौंमा बस्नुहुन्थ्यो, फोनमा कुरा भइरहन्थ्यो । उहाँलाई ‘११ पास भइसकेपछि १२ को जाँच दिन गाउँ फर्कने गरी काम गर्न काठमाडौं आउने’ सोच सुनाएँ । लगत्तै दशैं-तिहार आयो, दुःखम्-सुखम् मनाइयो । दशैं मनाउन गाउँ फर्किएका दाइसँगै काठमाडौं हिँडेँ । पहिलोचोटि घर छोड्दाको पीडा एकातिर थियो भने सुरक्षित भविष्यको सपना अर्कोतिर ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




