कोरोनाले के गर्यो के। सायदै इतिहासमा यस्तो अनुभव कसैले भोगेको होला जुन यसपालि हामीले भोग्यौँ । ‘हामी’ अर्थात् २०७६ सालमा एसईई दिन तयार विद्यार्थीहरू । म गोरखा जिल्ला सिरानचोक गाउँपालिकाको श्री मण्डली माविमा कक्षा १० मा पढ्थे । चैत्रमा एसईई दिएर अहिले त म प्लस टु पढ्नुपर्ने थियो । तर खै कोरोनाले सबै रुटिनहरू भद्रगोल बनाइदियो ।
परीक्षा आउन जम्मा दुई दिन बाँकी थियो । हामी परीक्षाको तयारीमा पुरै जुटेका थियौँ । उसै पनि एसईई भन्नासाथ नेपाली समाजमा एउटा छुट्टै आतङ्क मच्चिने गर्छ । सायद ‘आइरन गेट’ अर्थात् फलामे ढोका भनिने गरेर होला यसलाई पार गर्नुमा हामी विद्यार्थीहरूले दश वर्ष पढेको पुरै ज्ञान निकालेर भए पनि पार गर्नुपर्छ भनेर दबाब दिने गरिन्छ । पढेको नै यत्तिको लागि हो जस्तो बुझाई छ । त्यही भएर एसईई दिने हामीलाई छुट्टै दबाब नहुने त कुरै भएन । त्यसमाथि झन् यो पालि छुट्टै अर्को डर थपिदिएको थियो कोरोनाले ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




