हामी धनी छैनौँ, हामीसँग केही पनि छैन । यस कारण पनि हामी घरभित्रै बसिरहन सक्दैनौँ । घरबाहिर गएर कमाउन पर्छ नै । सायद धनीहरूलाई घर भित्र बसे पनि घर बाहिर गए पनि खास फरक नपर्ला तर हामीलाई धेरै फरक पर्छ । घरभित्र बस्नु भनेको हाम्रो चुल्हो नबल्नु हो । घरभित्र बसेर सायद रोगबाट त जोगिएला तर भोको पेटले कहिलेसम्म रोगबाट जोगाउन सक्ला र ? धनीहरूलाई घरबाट बाहिर ननिस्के पनि उनीहरूको मुखमा सजिलै माड लाग्छ, एकै वर्ष घरभित्र बस्नु परे पनि फरक नपर्ला तर हामीलाई त सुरुको तीन महिनाको लकडाउनले कोरोना लाग्ला भन्दा पनि बिहान के खाने र बेलुका के खाने भन्ने पिरले पो बढी सतायो । सायद हाम्रो त्यो पीडा घरीघरी लकडाउन मात्र गरिरहने सिंहदरबारको सरकारलाई थाहा छैन होला । के गर्नु सरकारले कोरोना मात्र देख्यो हाम्रो भोको पेट अहँ देख्दै देखेन ।
यो जुनीमा दुःख पनि कति देख्नु, कति भोग्नु हो । कत्ति पनि पढेलेखेकी छैन । चौध वर्षको कलिलो उमेरमा विवाह भयो । त्यसपछि दुई वटा बच्चा भयो । अहिले परिवारमा पाँच जना छौँ । छोराहरू किरण र विकास अहिले कक्षा ६ र ५ पढ्छन्, यहीँ श्री जनता नमुना माध्यमिक विद्यालय बर्दिबासमा । अहिले हामी धुर्मुस सुन्तलीले बनाइदिएको एकीकृत नमुना मुसहर बस्ती घर नं १४ मा बस्छौँ । पहिला त आफ्नो भन्ने पक्की घर पनि थिएन । त्यसैले पनि मैले गरिबी कस्तो हुन्छ नजिकबाट नियालेकी छु ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




