म रौतहटको परोहा नगरपालिकाको स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि ‘एच ए’(हेल्थ असिस्टेन्ट)का रूपमा कार्यरत छु ।
११ चैत २०७६ मा देशभर लकडाउन भयो । त्यसपछि भारत लगायत अन्य देशबाट आउने नागरिकलाई राख्नका लागि हामीले यहाँ क्वारेनटिन बनाउने काम सुरु गर्यौँ । लकडाउन सुरु भएपछि हाम्रो कामको लोड पनि थपियो त्यसैले त्यसपछि त एक दिन पनि आरामासँग बस्न पाइएन ।
लकडाउन सुरु भएसँगै मेरो दैनिकी रौतहटका ९ वटा नगरपालिकामा रहेका क्वारेनटिनमा बसेकाहरूको आरडीटी जाँच गर्ने, स्वाब सङ्कलन गर्ने जिम्मेवारी थियो । अझै स्वाब सङ्कलन गर्ने मात्र होइन सङ्कलित स्वाब मोटरसाइकलमा बोकेर जनकपुर र काठमाडौँको प्रयोगशालासम्म पुर्याउने जिम्मा पनि मेरै थियो । कोरोना लाग्ने डरले यो काम गर्न सबै स्वास्थ्यकर्मी इच्छुक भएनन् । त्यसमाथि कर्मचारी समायोजन पूर्ण नभइसकेको हुँदा जनशक्ति पनि अभाव थियो । त्यही कारण ९ वटा नगरपालिकाको स्वाब सङ्कलन गर्ने र परीक्षणका लागि पठाउने जिम्मेवारी मेरो काँधमा आईपर्यो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









