नेपाल सरकारले जुन किसिमको नियम लगाएको थियो, लकडाउनको केही समय म त्यसरी नै घरमा बसें । २०-२५ दिन त मेरो व्यवसाय ठप्पै भयो तर मान्छेलाई जे भए पनि खान पर्ने रहेछ । कृषिसँग जोडिएर काम गरेको कारणले किसानको माग अनुसार पानी पर्ने समय सुरु भएपछि किसानका समस्यालाई पनि ध्यान दिन पर्ने भयो ।
किसान दाजुभाइ कताकताबाट पास लिएर मलाई भेट्न आउन थाल्नुभयो । के गर्नु सधैं घरभित्र थुनिएर मात्रै पनि त जीवन नधानिने रहेछ। उहाँहरु आएपछि नियमको पालना गर्दै उनीहरुलाई सेवा दिने काम गरें । पानी पर्न सुरु भइसकेको र किसानले बाली लगाउने समय सुरु भइसकेकाले ग्रीन हाउस र टनेलमा लगाउने प्लाष्टिक, ड्याग छोप्न प्रयोग हुने मल्चिङ प्लाष्टिक, असिना रोक्ने जाली जस्ता सामानहरु पुर्याउन पर्ने भयो । त्यस्ता सामग्रीको अभावमा किसानले क्षति बेहोर्न पर्ने भएकाले लकडाउन भनेर बस्न पनि मिलेन । ती सामानहरू माग अनुसार उपलब्ध गराउँदै गएँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




