मेरो नाम प्रकाश गुप्ता हो । मेरो घर उदयपुरमा पर्छ । उदयपुरको गाईघाट बजारमा सामान्य कपडा व्यापार गर्छु । लकडाउन भएपछि हामी घरभित्रै बस्थ्यौँ । श्रीमती गर्भवती थिइन् । प्रत्येक महिना गर्ने जाचँ नजिकैको गाईघाट प्राइभेट अस्पतालमा गराइरहेका थियौँ। महिनामा जाँच गर्ने अस्पतालका डाक्टरले डेलिभरीको लागि किन टाढा जानुहुन्छ यहीँ गराउनुस् भन्नुभएको थियो । साढे चार वर्षअघि पहिलो सन्तान छोरीलाई नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरेर जन्माएकाले दोस्रो बच्चा पनि नोबेलमै जन्माउने योजना हामीले बनाएका थियौँ। यो गाह्रो समयमा पनि मलाई नोबेलको अलिक बढी भरोसा लाग्यो । लकडाउन पनि छ, पहिला गएकै अस्पताल जाँदा सजिलो होला भन्ने लाग्यो । छोरी जन्मने बेला शल्यक्रियापछि पाँच दिन अस्पताल बसेका थियौं । छोरीलाई पाचँ दिन अक्सिजन दिएर राख्नुपरेको थियो। त्यो बेला नोबेल अस्पतालमा राम्रो व्यवहार गरेकाले यस पटक बच्चा उतै जन्माउँ भन्ने लाग्यो ।
डाक्टरले हामीलाई वैशाख १५ गते यो पटक बच्चा जन्मने दिन तोकिदिनुभएको थियो । पहिलो बच्चा शल्यक्रिया गरेकोले यसपालि पनि शल्यक्रिया गर्नैपर्छ भन्ने थियो । वैशाख १५ गतेसम्म सामान्य रूपमा पनि सुत्केरी व्यथा लागेपछि हामी चुपचाप बस्यौँ । आमाले पनि कहिलेकाहीँ एक-दुई दिन ढिलो-चाँडो हुन्छ, एक दिन पर्खौं भनेकोले हामीले अस्पताल जाने वचार गरेनौं । तर त्यही राती श्रीमती सरस्वतीलाई दुखाइ हुन थाल्यो । १६ गते बिहान बढी दुखेपछि एम्बुलेन्स बोलाएर म, मेरी आमा नोबेल मेडिकल कलेज विराटनगर गयौँ । एम्बुलेन्स बोलाउन कठिन भएन । एम्बुलेन्स चालकले राम्रो व्यवहार गरे र सजिलो तरिकाले अस्पताल पुर्याउनुभयो । बेलुका ४ बजे अस्पताल पुग्यौँ । मैले सजिलो र छिटो होस् भनेर पहिलो बच्चा जन्मिँदाको कागज पनि बोकेको थिएँ । अस्पतालमा ज्वरो लगायतका सामान्य जाँचपछि शल्यक्रियाका लागि तयारी गर्न डाक्टरले भन्नुभयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.







