कोरोना फैलँदै गएपछि मलाई साथीले सोधेकी थिई, “नेपालमा पनि लकडाउन हुँदैछ है । घर जाने होइन ?”
म घर जाने कि नजाने अन्योलमा थिएँ । किनभने पाँच महिना घर बसेर भर्खरै धनगढीबाट काठमाडौं फर्किएकी थिएँ । जागिर पाइन्छ कि भनेर विभिन्न ठाउँ धाइरहेकी थिए । एक ठाउँमा जागिर मिल्ला मिल्ला जस्तो भएको थियो । त्यहाँबाट चैत १० गते आउनु भन्ने खबर आएको थियो । म एकदमै खुसी भएकी थिए ।
तर नेपालमा एकाएक लकडाउन भयो । यसो भए पनि जागिर मिल्ला जस्तो लागेको थियो । सबै चीज ठप्प होला भन्ने लागेको थिएन । उता साथीहरू पालैपालो घर जान थाले । मनमनै आफू पनि घर जान पाए हुन्थ्यो जस्तो लाग्यो ।
सुरुमा त मलाई त्यस्तो अप्ठेरो लागेन । जागिरमा बोलाउँछन् कि भन्ने आशामा बसें ।
“लकडाउनपछि आउनुहोला” मैले फोन गर्दा उनीहरूले भने ।
“ठिकै छ नि त” भने मनमनै । दुई–चार दिनको कुरो न हो यो लकडाउन जस्तो लाग्यो । तर समय बित्दै जाँदा लकडाउन थपिएको थपियै भयो । सबै ठप्प ।
सबै आफ्नो घर र कोठाभित्र थन्किए । साथी भयो त केवल सामाजिक सञ्जाल । साथीभाइ र घरपरिवारसँग कुराकानी गर्ने, फेसबुक, युट्युब र समाचार हेरेर दिन बित्न थाल्यो । पछिपछि त समाचार सुन्न पनि दिक्क लाग्न थाल्यो । समाचारमा राम्रो कुरा केही नआउने । जता हेर्यो कोरोनाले गर्दा मानिस मरेको, कोरोना सङ्क्रमण भएको खबर । निम्नवर्गहरूलाई खान–बस्न गाह्रो भएका खबर आउन थाले ।
७२ सालमा भुइँचालो जाँदा पनि म काठमाडौंमै थिए । भुइँचालो दर्दनाक भए तापनि केही समयका लागि मात्र थियो । यो कोरोनाको केही टुङ्गो छैन । फिल्महरूमा यस्ता महामारी हेर्दा काल्पनिक लाग्थ्यो तर आज आफैंले भोग्नुपर्दा वास्तविक कहर थाहा भयो । आँखाले पनि देख्न नसकिने सूक्ष्म भाइरसले सबैको जीवन तहसनहस पार्यो । सम्झँदा पनि विरक्त लाग्ने !
लाजिम्पाटको कोठामा बस्दाबस्दा दिक्क लाग्न थालेको थियो । माथि कौसीमा जाऊ, तल कोठामा आऊ, सामाजिक सञ्जालमा कुरा गर । यस्तो दिनचर्याले दिक्दार भइसकेकी थिएँ । कुराकानी पनि कोरोनासम्बन्धी नै हुने । कतिले ‘रे’को भरमा सुनेका कुरा गर्ने, कसैले षडयन्त्रका कुरा गर्ने । चीनले तेस्रो विश्व युद्ध सुरु गर्न लागेकोले र यो भाइरस हतियारको रूपमा प्रयोग गरेको भन्ने समेत सुनियो ।
सरकारले राति १२ बजे हेलिकोप्टरबाट औषधी छर्छ रे, त्यो बेला कोही घर बाहिर ननिस्कनु, कालो टीका लगायो भने कोराना भाग्छ रे, मदिरा पियो भने कोरोना सर्दैन रे जस्ता हल्ला फैलिए ।
कतिपय अनलाइनले पनि भ्रामक खबर फैलाउन थाले । यसले गर्दा सबैमा त्रास उत्पन्न हुन थाल्यो । म आफूले जानेको बुझेको समाचार र भरपर्दो सञ्चार माध्यमका कुराका आधारमा साथीभाइ, परिवारहरूलाई सम्झाउने गर्थें । हल्लामा नलाग्न र आफूलाई सम्हाल्न भन्थें । अरूलाई सम्झाए पनि आफूलाई सम्हाल्न गाह्रो भइरहेको थियो ।
यो बेला घरमा भएको भए आफ्नै परिवारसँग समय बिताउन पाइन्थ्यो । साथै घरको कामकाजमा पनि सहयोग पुग्थ्यो भन्ने लाग्थ्यो ।
एक पटक साथीहरूसँग मेसेन्जरमा कुरा गर्दै थिएँ । एक जनासँग “घर जान पाए हुने” आशय के व्यक्त गरेको थिएँ उसले “लौ ! अस्ति भाइको साथी एम्बुलेन्समा गयो नि” भनी ।
मलाई त “ल म छुटें जस्तो” भयो ।
“ल है अब त्यस्तो केही भए मलाई खबर गर्नु” भने ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.






