म गत पाँच वर्षदेखि एउटा सहकारी संस्थामा कार्यरत छु । सरकारको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सेवा निरन्तर गर्नुपर्ने भए तापनि म कार्यरत संस्था भने लकडाउन सुरु भएपछि बन्द भयो । पछि लकडाउन चाँडै नखुल्ने देखेपछि हरेक दिन दुई घण्टा सेवा दिने निर्णय संस्थाले गर्यो । त्यस अनुसार म कार्यालय जानुपर्ने भयो । सुरुको दुई-तीन दिन त कार्यालय गएर उत्साहका साथ काम गरेँ । बाँकी रहेका सफ्टवेयरका काम सकेपछि काउन्टर सेवा पनि सञ्चालन गरियो ।
अरू सबै कर्मचारी साथीहरू उपत्यकाबाहिर भएकोले म र मेरा एक जना साथीले कार्यलय सञ्चालन गरिरहेका छौं । हामी दुई जनै काउन्टरमा बसी काम गर्छौं । धेरै समयपछि सेवा दिएकाले होला सुरुको एक-दुई दिन त उत्साह राम्रै थियो तर त्यसपछि बढ्दै गएको संक्रमण र रोग फैलिने त्रासले हामीलाई डर लाग्दै गयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.





