आज त टाईममै अफिस पुग्छु भनेर ८ बजे हतार हतार पाकेको खाना पनि छाडेर हान्निए माइक्रो स्टेसनतिर । मनमैजुमा अफिस टाईम ठ्याक्क सुरुहुनुभन्दा अलिक अगाडि निस्कियो भने माइक्रो चढ्न लाईन बस्नुपर्दैन । त्यही भएर म अक्सर घरबाट अरुभन्दा छिटो निस्किन्छु, आज त तुलनात्मक रुपमा अझ चाडैं निस्किएँ । बिहानै त ट्राफिक जाम नहोला करिब आधा घण्टामा सुन्धारा पुग्छु अनि कात्यानीको टेम्पोले अलिक टाइम लगाउछ यता उता गरेर जसरी नि ९:१५ सम्ममा त अफिस पुग्छु भन्ने समयको क्यालकुलेसन मनमा गर्दै सदाझैं फुरुक्क परेर गाडीमा चढें ।
गाडीमा अक्सर बोर लाग्ने भएर म प्राय: किताब पढ्छु किनकि त्यतिबेला दैनिक तालिकामा अलिकति फ्री पाउँछु आफूले आफैलाई । आज भने हिजो अफिसमा हालेको ‘लोकमतको खोजी’ पढ्नु मन लाग्यो । हाम्रो तिरको माइक्रो उही त हो जति छिटो चढे पनि सार्वजनिक बिदाको दिन चढे पनि खचाखच हुनु स्वाभाविक हो । फरक यति मात्र हो कि तपाईंले सीट पाउनुभयो कि उभिन पर्यो । म भने सिट पाउने भाग्यमानीहरुमै पर्छु किनकि म स्टेसनबाटै चढछु ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









