आज त सम्झनाहरु पनि किन यति बोलोझि लाग्दैछन् मलाई। ऊ ढल्यो रे एक्कासी सहन नसकेर त्यो प्रसव वेदना। उसले जस्तै दु:ख मैले पनि नसहेको त कहाँ हो र तर म लर्बराएर, लर्खराएर पनि फेरि सम्हालिए, ऊ चाहीं ढलेछ। अरु कुनै बिदाको दिन भएको भए सायद म पनि ऊसंगै त्यही ठाउँमा पुरिन्थे होला, हो सायद । यही सायद संगै भूकम्पका धेरै कथाहरु जोडिएका छन् अनि मेरो जिन्दगीका कतिपय बिर्सन चाहेर पनि नसकिने ति पलहरु। सन्दर्भ: ७२ साल वैशाख १२मा गएको भूकम्पको।
अरु बिदाको दिन जस्तो आज म उसलाई भेट्न गएकी थिईन, खै केही समयदेखि किन हो उसको सामिप्यतामा आनन्दित हुन छाडेको थियो यो मन। हुन त घरबाट उसलाई भेट्न निस्किन जान पनि गार्हो अनि उसलाई भेट्न जानुपर्ने ठाउँ पनि टाढा। सधैं घर फर्किन ढिला भएर कम्ता त गाली खाएकी छैन नि मैले घरमा। त्यसै पनि यो संविधान सभाको निर्वाचन पछि त उसका वरिपरी सधै मान्छे, सधै भिडभाड र होहल्ला। मैले एकान्तमा उसंग समय बिताउन नपाएपछि म चाहिँ किन जानु उसलाई भेट्न – सायद मेरो स्वार्थी हृदय ऊ मेरो मात्र भएर रहोस् भन्ने चाहन्थ्यो तर यो सम्भव कहाँ थियो र । ऊ सबैको थियो, संविधान बनाउन लागिपरेका, देश बदल्न चाहने सबैको, ऊसँग सुख दु:ख साट्ने सबै हृदयका लागि ऊ शितल छहारी थियो। ऊ माहोल बनाईदिन्थ्यो, त्यही माहोलमा टाउकाहरु ओहोरदोहोर गर्थे, आफ्ना विचारहरू पोख्थे। विशेष गरेर तन्नेरीहरु त कति दिनसम्म उसकै दलिनमा भेला भएर संविधान निर्माणका लागि संघर्ष गरेका थिए तर विडम्बना संविधान आएको देख्नै नपाई ऊ ढल्यो। संविधान निर्माणको साक्षी बन्ने उसको सपना तुहियो यो भूकम्पसंगै।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









