नेपालगंजको मान्छे म काठमाण्डौमा त्यो पनि तन्नेरीको जमघट, पक्कै पनि रमाइलो हुने नै भयो। त्यसमा पनि विगतको कार्यशालामासँगै भाग लिएका तर लामो समयदेखि भेट नभएका पुराना साथीहरुसँग नयाँ अनुभव संगाल्न पाएकोमा त्यो तन्नेरी भेटलाई फलदायी मान्छु म । वैशाख ११ गते नगरकोटको ३ दिनको वर्कशप हर्षपूर्ण र सफलता पूर्वक सकिएपछि कोही साथीहरु त्यही दिननै आ–आफ्नो घरतिर फर्किए भने कोही काठमाडौँमै १,२ दिन बस्ने अनि फर्किने योजना बुन्न थाले। वैशाख ११ गते लोकतन्त्र दिवस सरकारी बिदा, अर्को दिन शनिबार । मेरो पनि काठमाण्डौमै केही अफिसियल कामहरु थियो तर बिदाको लर्कोले दुइ दिन त्यसै खेर जाने हुँदा घर नै फर्किने मन बनाए। म लगायत ४ जना साथीहरु काठमाण्डौँदेखि सुर्खेत जाने गाडीको टिकट लिएर बिहानै गाडी चढ्यौं यो शहरलाई बिदा गरेर। त्यो बिदाईमा हामीले अगाडि आउने जोखिमलाई पनि बिदा गरेका रहेछौं, पछि थाहा भयो।
भोलिपल्ट बिहान लगभग ७:१५ मा गाडीले कोहलपुर पुर्यायो र त्यहाँबाट म र विनोद भाई, दिनेश र लिलासँग छुट्टिनुपर्ने भयो । हामी नेपालगञ्जतिर आयौँ, उनीहरु सुर्खेततिर लागे । कोठा पुगें, आफ्नो नित्य कर्म भ्याएँ। भोक धेरै थियो तर यात्राको अनिदोपनले होला त्यति रुचि भएन खानामा। रात भरिको यात्राले ज्यानलाई थकान महशुस भयो। खाटमा पल्टिएं। घडिले बिहानको लगभग सवा दश बजाईसकेको थियो भाईसँग कुराकानी गर्दा गर्दै निदाएछु। गहिरो निन्द्रामा थिएँ म। सपनामा सायद त्यो काठमाडौँको रमझम अनि नगरकोटको सुन्दरतामै हराइरहेको थिए म । अचानक मान्छेहरुको एकदमै चर्को हो-हल्ला , आवाज सुनें, त्यती वास्ता गरिन , सुतेकै अवस्थामा रिङाटा लागेजस्तो भयो, दिमाग रनथनियो । त्यही चर्को हो-हल्ला, आवाज कानसम्म आएपछि ढोकाको चुक्कुल खोलेर बरन्डामा गएँ । म बसेको घरको सबै जनाबाहिर बरन्डामै उभिराखेका, बरन्डामै राखिएको मोटरसाइकल हल्ली राखेको, मान्छेक त्रसित अनुहार। के भएको हो सुरुमा त केहि ठम्याउनै सकिन, निन्द्रा मै थिएँ। एकछिन पछि पो महशुस भयो भूकम्प गएको।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









