हरेक वर्ष मे १ मा मजदुर दिवस आउँछ तर नेपालमा मजदुरी गर्नेहरुको दिन कहिले आउला र? हामी त परदेशका मजदुरी हामीलाई झन् दिवसले छुने त कुरै भएन।अरु बेला मजबुरी मै दिवस मनाउने परदेशीहरुको मजदुर दिवस कोरोनासँग जुधिरहेको छ । खाडी मुलुक मात्र होईन विकसित राम्रै अवसर भएका देशहरुमा पनि मजदुरहरुको अवस्था पिडादायी छ । जापानमा नेपालीको संख्या झण्डै १ लाख पुग्न लागिसक्यो । बिजनेस, डिपेन्डेन्ट, विधार्थी र कामदारको रुपमा काम गरिरहेका छन् ।
जापानमा पनि संक्रमणको संख्या बढेसँगै रेस्टुरेन्टमा काम गर्ने, हाउसकिपिंग, पर्यटन क्षेत्र, सपिंग महल, होटलमा काम गर्ने नेपालीहरुलाई बिदामा बस्न या नयाँ काम खोज्न अनुरोध गरेका पनि छन्।कम्बिनियन्स स्टोरहरुको काममा बोलाए पनि डर र त्रासका बिच केहि घण्टा काम जान बाध्य छन् ।एकातिर मनमा कोरोनाको त्रास भएपनि डरका बिच काम पाएँ भनेर खुसि हुनुपर्ने समय छ । आफैले लक डाउन गर्न सक्नेहरु लकडाउन भए । घरबाट काम गर्नेहरु घरबाट गरे तर थुप्रै जना विधार्थी कुकहरुको बाध्यता कोरोनाको डरभन्दा भिषा, ऋण र दैनिकी गुजार्नेसँग छ । काठमाण्डौँका कुक भिषामा आएका अर्जुन अर्यालले भनेँ ‘साहुले काममा गएन भने भिषा लगाईदिनन् कि भन्ने पिर काम जादाँ कोरोना लग्ने हो कि भन्ने पिर ’’मनभरि डर पोकेर हिड्न पर्ने दुख गर्न आएका छौ डिउटी त गर्नै पर्यो’। धेरै मजदुरको रहर भन्दा बाध्यता भित्रको डर छ । घर भित्र रहेका मजदुरको पनि आफ्नै पिडा छ । १/२ महिना त जसो तसो चलाईएला संक्रमण रोकिएन भने त । के खाने परिवार बालबच्चा भएकाहरु पनि धेरै छन् । सबै महंगो शहर।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









