विश्व हाँसो दिवस हाँसेर मनाउँने वातवरण छैन; जनता भोक संग लड्दै छन। राहतको नाउँमा बाँडेको चामल,नुन,तेल,दालमा कनिका छन्। कोही जिउँभरि पसिना,टुटेका चप्पल,एकसरो कपडा,भोक टार्न चाउचाउ खाँदै यात्रा तय गर्दै छन। हाँस्ने कसरी?? ड़िच्च दाँत देखाएर हाँस्नलाई मुख पनि सुकिसक्यो। अब त जनता हाँस्न छोडे भने पनि सरकारको बिरोध गरे जस्तो हुन्छ। सरकार सत्ता संग लिप्त छ। शक्ति प्रदर्शनमा लागेका हाम्रा प्रमले देश रोएको देख्दैनन्। कविता मा अब आँशु झार्न पर्दैन जनताले भनेकै दिन जनताको मुटु रसाएको थियो। प्रम ज्यूले आँखाबाट बग्ने आँशु मात्र पनि देखिदिएको भए फरक कुरा हुन्थ्यो; मुटु रोएको देख्न प्रम ज्यू सडकमा हुनुपर्छ।
सधै सत्ता र साशनमा बसेकाहरुले जनता रूवाएका छन,देश रूवाएका छन। रूदा रूदै हाँसेको पनि पिन्चे हाँसो हो,जनता देखावटी हाँसो बोकेर,बाँचेका छन। कुनै दिन जनता बाँचेको देख्दै गर्दा यि सत्ताधारी भन्ने छन,यसले सरकारको बिरोध गर्यो। जनता संग हाँस्नलाई आधार छैन,सरकार उधारोको आकार खडा गर्दिन्छ।आकार दिनेहरूले साकार गरिदिन पनि जाँन्नु नि.??
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.











