कोरोनाको डर फैलिएपछि हाम्रो कलेज बन्द भयो। घर फर्कौँ भन्दा बसको टिकट सजिलै पाइएन। त्यसैले म र मेरो भाइ बेलुकै बसपार्क गयौँ। रात बसपार्कभित्रै कटायौँ र बस चढ्न पायौँ मुस्किलले। त्यो पनि ३०/४० जना अटाउने बसमा ९० जना थियौँ। यसरी आफ्नो घर गुल्मी आइपुग्दा कोरोनालाई जितेर फर्के जस्तै भयो। हामी फर्केको चार दिनपछि लकडाउन शुरू भयो।
म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा नर्सिंङ दोस्रो वर्ष पढ्दै छु। म काठमाडौं पढ्न गएको ५ वर्ष भयो। त्यसबीचमा गाउँ आउने भनेको दशैँ-तिहारमा मात्र हो। बिहानै काठमाडौंमा गाडी चढ्यो भने घर पुग्दा साँझ पर्छ। गाउँ आएपछि खूब रमाइलो भयो। ममीबुबा गाउँमा खेतबारीको काम, घाँस-दाउरा गर्नुहुन्छ। म गाउँ पुग्दा बारी खाली थियो। मकै छर्ने, मल हाल्ने र जोत्ने काम म आएपछि सुरु भयो। हामी नआएको भए ममीलाई गाह्रो हुन्थ्यो। कोरोनाको डरले भए पनि हामी घर आएपछि यसपालि ममीलाई रमाइलो लाग्यो। हामी नहुँदा चैतको हावाहुरी, पसिना धूलो ममी एक्लैले खेप्नुहुन्थ्यो।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.






