सरकारलाई अहिले नयाँ आर्थिक वर्षको बजेट बनाउन भ्याइ नभ्याइ छ । संविधानको अनिवार्य व्यवस्था अनुसार जेठ १५ गतेभित्र बजेट ल्याई सक्नुपर्नेछ । लकडाउनले गर्दा अहिले देशको आर्थिक अवस्था ठिक छैन । यहि समयमा आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको छ । त्यसैले यो बजेट सबैको लागि विशेष र महत्वपुर्ण छ । अझ विपद्को समयमा सबैको चासो नयाँ बजेटमा हुनु स्वभाविक नै हो । प्रत्येक वर्ष हामीले तिर्ने कर बढ्छ । बजेट भाषण पछि नुनदेखि सुनसम्मको भाउँमा वृद्धि हुने गर्छ । बजारमा जहिल्यै बजेट भाषणपछि नसोचेको मुल्यवृद्धि हुन्छ । त्यसैले बजेट आएपछि म जस्तो नागरिकलाई कम खुशी र बढि पीडा हुने गर्छ ।
कर धेरथोर सबैले तिरिरहेका हुन्छन् । हामीले प्रयोग गर्ने वस्तु र लिने सेवा बापत सरकारलाई विभिन्न शीर्षकमा पैसा तिरिरहेका हुन्छौँ र तिर्नु पनि पर्छ । तर प्रत्येक बजेट भाषणमा नागरिकको आधारभुत आवश्यकता पुरा गर्न पर्याप्त रकम किन विनियोजन हुँदैन ? नागरिकको सेवा र सुविधामा बजेटले किन बोल्दैन ? कथनकदाचित् बोलि हाल्यो भने पनि उधारो बोल्छ, आश्वासन मात्र बढि दिन्छ । हामीले एक एक रुँपैया गरेर तिरेको पैसा हाम्रो लागि आउँदैन बरु हाम्रै मतबाट जितेर गएका जनप्रतिनिधिको हातमा करोड भएर आउँछ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.











