स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार जेठ २३ गते शुक्रवार साझ सम्म देशमा जम्मा संक्रमतिको संख्या २९१२ हुदाँ प्रदेश नं. २ मा मात्र ९९३ जना संक्रमित छन । संक्रमितको हिसावले प्रदेश नं. २ पहिलो स्थानमा छ भने ९६५ संख्या सहित प्रदेश नं. ५ ले पछयाईरहेको छ । यस हिसावले प्रदेश नं. २ नोवेल कोरोना भाइरसको कति जोखिममा छ सहजै अनुमान लगाउन सकिन्छ । प्रदेश नं. २ जहिले पनि पछडी रहने प्रदेशको रुपमा चिनिन्नछ जस्तै, शिक्षा, स्वास्थ्य, सरसफाई, प्रति ब्यक्ति आम्दानी आदी ईत्यादीमा तर यो कोरोना भने अगाडी देखियो । कोरोना संक्रमणमा अगाडी देखिए पनि यसको रोकथाम तथा तयारी भने पछाडी नै ।
प्रदेश नं. २ मा तयार गरिएका क्वारेनटिनको अवस्था हेर्दा कोरोना उत्पादन गर्ने कारखाना जस्तो देखिन्छ । न त कुनै तयार गर्नेले कुनै मापदण्ड अनुसार तयार गरेका छन न त वस्नेले पनि नियम पालना गरेका छन् । सामाजिक दुरी कायम गर्नु पर्ने, सरसफाईमा ध्यान दिनु पर्ने, कोरोनासंग लडनका लागि पोषिलो खाना खानु पर्ने, मास्क लागएर बस्नु पर्ने अहिलेको समान्य नियम नै हो र यसलाई पालना गर्नका लागि सरकारले नागरिकलाई अनुरोध गरिरहेको छ । प्रदेश सरकार र स्थानीय सरकारले यसको प्रचार प्रसारका लागि लाखौ खर्च गरिरहेका छन् । आफै आम जनतालाई यस्ता नियम पालना गर्नका लागि अनुरोध गर्ने सरकारले तयार गरेको क्वारेनटिनमा भने यी व्यवस्था भएको देखिदैन ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.











