वीरगंजमा अहिले नोवेल कोरोना भाईरस ( कोभिड १९ ) समुदाय स्तरमा फैलिसकेको छ । प्रत्येक दिन जसो ५० जना जति संक्रमित भेटिने र १-२ जना सम्मको मृत्यु भईरहेको छ । त्रासको र पिडाको माहोल छ । कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि प्रहरी प्रशासन तीन तीन घण्टा समुदायसँग भिड्नु पर्ने अवस्था छ । शदगतका लागि पनि शव तीन तीन दिन अस्पतालमै बिताउनु पर्ने अवस्था छ । त्यस भन्दा पनि एक अर्कामा दोषारोपण गर्ने तर कोरोनासँगको लडाईका लागि तयारी नगरिएका कारण नेतृत्व प्रति आम मानिसको आक्रोश छ ।
यसो हेर्दा वीरगंजमा के को कमी छ र ? प्रदेश २ कै सुविधा सम्पन्न अस्पताहरु छन् । देशकै अर्थतन्त्रलाई चलायमान बनाउन क्षमता राख्ने उधोगपति, राष्ट्रिय स्तरको सरकारी अस्पताल । पैसा, पावर, सुविधा सबै थोक छ । वीरगंजमा बसेर अहिले वीरगंजको अवस्था हेर्दा सबथोक भएर पनि नभएको जस्तो छ । किनकि संक्रमितहरु अस्पतालको आईशोलेसनमा स्थान नपाएर घरमै बस्न बाध्य भएका छन । घर भएकाहरुलाई त घरमै आईशोलेसनमा बस्न सजिलै होला तर भाडामा १-२ कोठा लिएर बस्नेहरुको बारे कसले सोच्ने? वीरगंज यो स्थीतिमा पुग्दा यसको व्यवस्थापनमा सबै सरकार मिलेर काम गर्नुपर्ने होइन? स्थिति अझैबढि भयावह हुन नदिनको लागि संघिय सरकार र प्रदेश सरकारको केहि दायित्व हुनु पर्दैन ?
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









