कयौं कष्ट सहेर भारतबाट स्वदेश फर्किने क्रममा सीमानाकामा नेपालीहरू अलपत्र परेका समाचार आइरहेका थिए । कैलालीको गौरीफन्टा नाका हुँदै नेपालीहरू देश फर्कने क्रम पनि बढन थालेको समाचारहरूबाट थाहा पाएँ ।
कामका सिलसिलामा भारत जानुभएका मेरा आफन्तहरूको फोन आउन थाल्यो । उहाँहरूले खानु न पिउनु धेरै कठिन यात्रा गरेर नाकातिर आइरहेको बताउनुभयो । त्यति बेला हजारौं मान्छे आइरहेका थिए । कति त मेरै पहाडका मान्छे पनि आइराखेका थिए । उनीहरूसित कुरा हुन्थ्यो । कसैले छ-सात दिनसम्म अन्न खाएको छैन भने । त्यसपछि हामी गौरीफन्टा नाका गयौं । त्यहाँ मानिसको बिजोक भएको देख्यौँ । भारतको मुम्बई, गुजरात, हरियाणा लगायतका विभिन्न शहरहरूबाट आएका मानिसहरू गौरीफन्टा नकामा थिए । त्यो भीडमा साना दूधे बालबालिका बोकेका महिला, वृद्धवृद्धा तथा युवायुवती पनि थिए ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




