Shabda Drishya
  • Login
No Result
View All Result
Shabda Drishya
No Result
View All Result
Home कोरोना कथा

क्यामेरा खोसेर कोदाली !

Shabda Drishya by Shabda Drishya
July 1, 2020
Reading Time:1 min read
0

वैशाख । किसानहरूले गहुँ काट्ने र भित्र्याउने महिना । हाम्रोतिर कोही किसान खुसी थिए कोही साह्रै चिन्तित । लकडाउनले आफ्नो ३० औं दिन मनाइरहेको थियो । कोरोना भाइरसले सातो लिंदै थियो । खेतमा पाकेको गहुँले सुनले जस्तै चमक छरेको थियो । किसानहरू भने सरकारको निर्देशन पालना गर्दै घरभित्र लकडाउनमा थिए । उता खेतको गहुँले उनीहरूलाई जिस्क्याउँदै ‘आउ आउ’ भन्दै थियो ।

म र मेरो परिवार लकडाउन तोडेर गहुँ समयमै भित्र्याउन पाए, धान रोप्न खेत खन्न हुन्थ्यो भन्नेमा थियौं । त्यत्तिकैमा केही दिनमा टोखा नगरपालिकाले खेती गर्न छुट पाइने भनेर सूचना निकाल्यो । अनि किसानहरू धमाधम गहुँ काट्न थाले ।

म फोटोग्राफी गर्छु । गत वर्ष खेतमा गहुँ काट्ने बेलामा मलाई यो साल कसले बिहे गर्छ, टोखामा फोटोग्राफी गर्नुपर्ने के कस्ता घटना हुँदैछन् भन्नेबारे चासो हुन्थ्यो ।

हामी फोटोग्राफरहरूका लागि वैशाख कामको चापाचाप हुने महिना हो किनकि वैशाखमा धेरै बिहे हुन्छ तर यसपालि बिहे स्थगित भयो, हुनेको पनि छोटोछरितो भयो क्यार । वैशाख महिनामा एकदिन सास फेर्न नपाउने मेरो क्यामेरा कोठामा थन्किएको धेरै दिन भयो । क्यामेरा थन्किनु भनेको म बेरोजगार हुनु हो । मैले यो काम थाले यता वैशाखमा खल्ती रित्तो भएको यो पहिलो पटक हो ।

कोरोनाले मेरो हातको क्यामेरा खोसेर कोदाली थमाइदिएको छ ।

कोरोना आउनुअघि काम धेरै आउन थालेको थियो । यसपालि कमाएको पैसामा थपथाप गरेर भूकम्पले भत्काएको घर बनाउने विचार थियो । तर कोरोनाले मेरा सपना सबै उडाइदियो । क्यारियर भर्खर सुरु गरेका हामीहरूलाई यसले रुनु न हाँस्नु बनाइदिएको छ ।

कोरोनाले गर्दा मेलापातमा गरिने गफका विषय फेरिएका छन । कोरोनाको भयले गर्दा होला सबै जना कोरोना सम्बन्धी जानकारी अपडेट गर्छन् । यो देशमा यति जना त्यो देशमा त्यति भन्दै ।

सुरुमा नेपालमा अहिलेसम्म कोरोना उति छैन भन्दै केही मक्ख थिए । अहिले नपत्याउँदो पाराले संक्रमित बढेको देखेर कोही निरास छन् । कोही हाम्रो खान्कीले गर्दा हामी नेपालीलाई केही हुँदैन भन्थे । कोही प्रधानमन्त्रीले भनेको भनेर बेसार अदुवा, लसुन खायो भने केही हुन्न भन्थे, रोगसँग लड्ने हाम्रो क्षमता धेरै छ पनि भन्थे । हामीलाई केही हुन्न भनेर चाहिनेभन्दा बढी आत्माविश्वास थियो धेरैमा ।

सुरुसुरुमा त घरमा बनाएको रक्सी पनि हातमा लगाउने स्यानीटाइजर जस्तै भइसकेको थियो धेरैका लागि । हुन त नेपालीहरू आफै डाक्टर हुन् । अझ प्रधानमन्त्रीले पनि प्रमाणित गरिदिनुभयो । विज्ञ एउटा भन्छन् उहाँ अर्को भन्नुहुन्छ । घरमा अजि अजा, मासम्मले भनेको त ठीकै हो भन्न मिल्थ्यो । प्रधानमन्त्रीले नै यस्तो भन्दा चाहिँ कस्तो कस्तो लाग्ने ! मलाई मात्र हो कि अरूलाई नि हो कुन्नि !

हामी बिहानदेखि नै खेतमा जम्मा हुन्थ्यौं । लकडाउन अलिक कडा हुँदैको कुरो । एकदिन धेरै हँसिया बोकेको एक जना मान्छे हाम्रो टोलमा आयो । हामी घरभित्र गएर बस्यौं । हामीलाई त्यो मान्छे पुलिस हो जस्तो लाग्यो- लकडाउन तोडेर गहुँ काट्ने किसानहरूको हँसिया खोस्दै हिँडेको पुलिस जस्तो । पहिला पहिला हाम्रोतिर अटेर गरेर बालुवा निकाल्दा पुलिसले बालुवा निकाल्ने सामान खोसेर लाने गर्थ्यो । त्यसैले हामीलाई ऊ सिभिल ड्रेसमा आएको पुलिस जस्तो लाग्यो । त्यति बेला कोरोनाको भन्दा बढी डर पुलिसको लागेको थियो ।

‘हँसिया किन्ने हो ?’ भनेर उसले सोधेपछि पो थाहा भयो त्यो हँसिया बेच्ने मान्छे रहेछ । त्यसपछि हामी फेरि आफ्नो काममा लाग्यौं । यसरी मैले १०/१५ दिन खेतमा बिताएँ । धेरैलाई लकडाउन हामी किसानलाई जस्तै निरस अथवा रमाइलो भयो भन्ने पत्तै पो भएन कि !

सुरुसुरुमा लकडाउन उल्कै टाइट भएका बेलामा चाहिँ खेतमा काम बितेको छ, आफू घरमा बस्नुपरेको छ भनेर अलिक दिक्क अनि झिझो लागेको थियो । काम गर्न पाएपछि त फेसबुक धरी हेर्न भ्याइनँ मैले । अब रोपाइँ गर्ने बेला भएको छ । अझ एक-डेढ महिना हामी खेतमै व्यस्त हुन्छौं । खेतमा काम गर्दा सावधान भने हुन्छौँ ।

अरू त त्यस्तै हो मेरी मा दङ्ग हुनुहुन्छ छोरोले ज्ञानी भएर घरखेतको काम गरेको देखेर । न कतै जाने चटारो न व्यस्त जिन्दगी।

Author

  • Shabda Drishya

    View all posts

    RELATED POSTS

    धन्न सडकमै मर्नु परेन … !

    राज्यले पुरा गर्यो त आफ्नो दायित्व ?

    कर्णालीको पहिलो मृत्यु दुल्लुमै हुँदा निकै डरायौँ

ShareTweet
Shabda Drishya

Shabda Drishya

Related Posts

कोरोना कथा

धन्न सडकमै मर्नु परेन … !

November 14, 2020
कोरोना कथा

राज्यले पुरा गर्यो त आफ्नो दायित्व ?

November 11, 2020
कोरोना कथा

कर्णालीको पहिलो मृत्यु दुल्लुमै हुँदा निकै डरायौँ

November 6, 2020
कोरोना कथा

कोभिड सङ्कटले सिकाएको पाठ

November 5, 2020
कोरोना कथा

पहिरो पीडित सम्हाल्नु कि कोरोना पीडित हामीलाई हम्मे हम्मे पर्‍यो

October 25, 2020
कोरोना कथा

पटक पटकको असहयोग भयो, जे गर्‍यौँ आफ्नै बलबुतामा गर्‍यौँ

October 16, 2020
Next Post

आफ्नो सुरक्षा आफैँ

भुइँचालोपछि कोरोना

भर्खरका पोस्टहरु

  • Descubre los secretos ocultos en los codigos de doradobet
  • Doradobet app transforma tus apuestas en una experiencia dorada
  • Descubre la revolución del juego con doradobet apk en tu mano

विषय सूची

  • 777betus.us
  • 888poker-us.com
  • 888pokerromania.com
  • 888sportcanada.com
  • 888sportfrance.com
  • 888sportro.com
  • 888sportsouthafrica.com
  • admiralbet-italia.com
  • admiralbetes.net
  • ahh
  • betnationid.com
  • billybetsgreece.com
  • campobetus.us
  • casino
  • cazimbofinland.com
  • cazimbospain.com
  • codereespana.com
  • doradobetchile.net
  • doradobetespana.com
  • doradobetperu.net
  • gentingcasino-espana.com
  • gentingcasinoireland.com
  • kingbetfr.com
  • luckiacolombia.com
  • magicbetnl.com
  • magicwinindia.com
  • mega-medusaaustralia.com
  • megamedusaes.com
  • Public
  • revolutioncasinoitaly.com
  • savaspinsdeutschland.com
  • stanleybetro.com
  • stardacasinobrasil.com
  • stardacasinopl.com
  • starvegasch.com
  • starvegasespana.com
  • starvegasitalia.com
  • tropicacasino.us
  • trueluckcasinonederland.com
  • wildcasinocanada.com
  • wildvegascasinocanada.com
  • winnerzsv.com
  • winningznl.com
  • wplay-us.us
  • wplayturkey.com
  • आम मान्छेको कथा
  • आवाज
  • कोरोना कथा
  • पडकास्ट
  • ब्लग
  • मल्टि मिडिया

© 2021 TCS - Tanneri Chaso Servives Pvt .ltd | Powered by ASIT.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Cart
  • Checkout
  • Home
  • My account
  • Sample Page
  • Shop
  • Subscription
  • शब्द दृश्य किन ?

© 2021 TCS - Tanneri Chaso Servives Pvt .ltd | Powered by ASIT.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?