हामी एसईई दिन तमतयार भएका थियौँ । तर जाँच सुरु हुने अघिल्लो दिन परीक्षा रोकिएको समाचार सुनेपछि रमाउँदै होस्टेलबाट घर फर्किएका थियौं । त्यति बेला हामीलाई परीक्षा यति धेरै दिनसम्म रोकिएला जस्तो लागेको थिएन ।
अहिले लाग्छ, परीक्षा सुरु भएको भए १० दिन जतिमा सकिन्थ्यो। होस्टेलमा बसेर दिन रात पढेको, घोकेको थिएँ । आफैलाई के ढाँट्नु र ? मैले पास हुनेसम्म मात्र पढेको थिएँ । लकडाउन भएको दुई महिना बित्दा पनि परीक्षा भएको थिएन । त्यति बेला पढ्न छाडेको धेरै दिन भइसकेको थियो । दिमागमा पढाइको कुरा केही पनि छैन जस्तो लाग्थ्यो । म त्यस्तो धेरै पढ्न आउने विद्यार्थी होइन । जिनतीन पास हुनेसम्म चाहिँ तयारी गरेको थिएँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




