प्रतिकूल समयमा आफन्तसँग गरिएका खबर आदानप्रदान पनि झन् फिक्का भएका छन् । सुखमा आफ्ना हजार हुन्छन् र दुःखमा सबै टाढा हुन्छन् । परिवारका मानिसले तस्बिर पठाउन सधैँ कर गर्छन् । म सधैं मोबाइल बिग्रेको छ भनेर टारिदिन्छु । पठाउनै परे सकेसम्म हाँसेका तस्बिर पठाउँछु । तस्बिर हेरेर परदेशमा मैले भोग्नुपरेको पीडा घरपरिवारका मानिसलाई महसुस नहोस् भनेर ।
एक विद्वान्ले भनेका छन् — ढ्ड्ढाका कानुन मलाई बदल्न मन छ । आफ्नै आँगन र गल्लीको राजा बनेर बस्न कसलाई पो मन हुन्न र । अचेल जीवन आफैसँग प्रश्न गर्छ: जीवनको औचित्य र सार के हो ? हरेक पल घरपरिवार आफ्न्तको पीरले साविकभन्दा झन् धेरै सताउँछ । बसाइ, खानपान, कामको चाप, कम्पनीको चरम शोषण अहिले हामी सबैले भोगेका समस्या हुन् ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




