दुई वर्षअघि कक्षा १२ को पढाइ सकेर अनेकौं सपना बोकी उच्च शिक्षाका लागि अस्ट्रेलिया हान्निएँ म । धेरै नेपालीको सपनाको देश भएर पनि होला अस्ट्रेलिया आउनु मेरा लागि बाध्यता होइन रहर थियो । नेपालमा हुँदा कहिलेकाहीं नयाँ ठाउँ जान पाउँदा रमाउने म बिल्कुलै नयाँ देश, नयाँ परिवेश अनि नयाँ कुरा महसुस गर्न पाउँदा रमाएकी थिएँ ।
अकस्मात् जीवनमा कोरोनाको इन्ट्री भयो । विदेशमा पढ्दै, फुर्सदमा काम गर्दै घर-देशभन्दा दूरदराज आफ्नो करियर बनाउन सुरु गर्दै गरेका म जस्ता धेरैको आशा कोरोना भाइरस र लकडाउनले निराशामा बदलिदिएको छ। बिरानो देशमा काम गर्दा आफ्नोबारेमा सोच्न पनि नभ्याउने हामीलाई महिनौंको लकडाउनमा घरपरिवारको यादले धेरै सतायो । आमाबासँग हुँदा संसारै जित्न सक्ने आँट आउने हामीलाई यो बिरानो ठाउँमा एक्लै भएकाले पनि कोरोनासँग भिड्ने आँट नआएको हुन सक्छ । मलाई जस्तै धेरैलाई आफ्नै देश जाउँजाउँ लाग्या पनि होला । कसैलाई चाहिँ काम गर्न पाए मात्र हुन्थ्यो भन्ने लागेको होला । सबैका आ-आफ्नै अपेक्षा हुनु स्वाभाविक हो । कसैलाई घरपरिवारभन्दा टाढा यस्तो डरलाग्दो स्थितिमा दिक्क लाग्दो हो । कसैलाई अरूको ठाउँमा कामबाट निकालिदियो भने कलेजको फि कसरी तिर्ने, बस्ने खाने व्यवस्था कसरी गर्ने भन्ने पिर पनि हुँदो हो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




