कोरोना महामारीबारे सम्झँदा त मन नै झसङ्ग हुन्छ। ती अप्ठेरा दिनहरूमा कसरी काम गरियो जस्तो पनि लाग्छ। कोरोना हामी सबैका लागि नयाँ थियो। केही थाहा थिएन। यस रोगबारे आफै पनि बुझ्दै थिएँ र समुदायलाई पनि बुझाउनुपर्ने थियो। त्यसैले थुप्रै चुनौतीको सामना पनि गर्नुपर्यो। यो नयाँ खाले महामारी भएकोले काम गर्न त्यति सहज थिएन। सुरुमा देश लकडाउनमा जाँदा हामीसँग के गर्ने, अगाडि कसरी जाने भन्ने कुनै योजना पनि त बनेको थिएन। के गर्ने कसो गर्ने छलफल मात्र भइरहेका थिए।
केन्द सरकारले नै जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिन थाल्यो, त्यही अनुरूप हामीले पनि गाउँगाउँमा कोरोनाबारे जनचेतना फैलाउन सुरु गर्यौं। हाम्रो पहिलो प्राथमिकता भनेकै जनचेतना जगाउनु थियो किनकि यसबारे थाहा पाए मान्छे आफै सचेत हुन्छन् अनि महामारी रोक्न केही सजिलो हुन्छ भन्ने थियो। त्यस क्रममा अनौठा मान्छेहरू भेटिए। कतिपयले सरल रूपमा बुझे र साथ दिए तर केही यस्ता मान्छेहरू पनि भेटिए जसलाई बुझाउनै गाह्रो भयो। हामीले सरल भाषामा कोरोना रोकथामका सामान्य नियमहरू बताइरहँदा उल्टै हामीलाई सिकाउन खोज्थे। तैपनि हामीले चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिई नै रह्यौं। घोराही उपमहानगरपालिकाको सहयोगमा कोरोना भाइरस सम्बन्धी पर्चा-पम्पेलेटहरू वितरण गर्यौं। साबुन पानीले हात धुन तथा सामाजिक दूरी कायम गर्नु भन्दै घरघरमा डुल्थ्यौं।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




