टेलिभिजनमा काम गर्ने भएकोले मलाई भिडिओका लागि हिंड्नुपर्ने हुन्छ । सुरुको २-४ दिन अलि डराएर हिंड्न सकिएन। त्यसपछि हरेक दिन मास्क र पञ्जा लगाएर काममा निस्कें। कहिलेकाहीँ अफिस नगईकन घरबाटै काम गरें। घरमा बस्दा पनि सावधानी अपनाएर काम गर्नुपर्ने अवस्था थियो।
चितवनमा कोरोना अस्पताल पनि भर्खरै सुरु गरेको थियो । विशेषगरी यहाँ अस्पतालहरू धेरै भएको कारणले बढी चनाखो हुनुपर्यो । नयाँ खबर र कुराहरू केही आउँछन् कि भनेर । यहाँ चैतमा लकडाउन गर्नुभन्दा केही दिन अघिदेखि नै शंकास्पद बिरामी देखिन थालेका थिए । त्यही भएर होसियारीपूर्वक काम गर्नुपर्यो । फिल्डमा हिंड्दा नजिक नगईकन टाढैबाट सोधेर काम गरियो। टेलिभिजनले पनि अन्य विषयमा भन्दा पनि कोरोनाकै विषयमा सावधानी अपनाएर लेख्नुपर्यो भनेपछि त्यही अनुसार काम गरें । विशेषगरी लकडाउन र कोरोना नियन्त्रणका लागि गरेको प्रयास र तयारीबारे प्रहरीसँग र अन्य स्रोतसँग नियमित कुराकानी गरेर सूचना लिने गरेको थिएँ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




