हामी निर्वाचित भएर आउँदाखेरि हामीसँग धेरै कुराको समस्या थियो । हामीसँग नीति नियम थिएन । त्यसमा काम गर्नुपर्यो । पहिलो वर्षमा हामीले त्यसमा काम गर्यौं । कर्मचारीको समस्या थियो । दोस्रो वर्ष हामीले त्यसमा काम गर्यौं । तेस्रो वर्षमा हामीलाई कोरोनाले ग्रसित बनायो । यी कुराले गर्दा पनि कतिपय योजनाहरू हामीले भने अनुसार गर्न सकेका छैनौं । कोरोनाका कारण हामीले आफ्ना उपलब्धिहरू पनि देखाउन नसक्ने अवस्था आयो । तर पनि यो कोरोनामा आफूले सके जति गरिरहेका छौं ।
हाम्रो पालिकाका धेरै नागरिकहरू भारत तथा तेस्रो मुलुकमा बस्ने गर्नुहुन्थ्यो । सुरुमा सरकारले बनाएको क्वारेन्टाइनको कार्यविधि नै अलिकति गाह्रो खालको थियो । सेनाले हेर्नुपर्ने । सेनाले खाना व्यवस्थापन गर्नुपर्ने । कम मानिसमा हुँदा मात्रै त्यो गर्न सकिन्थ्यो । हाम्रामा त गाडीका गाडी नागरिक आउने । त्यसरी सुरक्षा दिन नसकिने नै भयो । सुरुमा हामीले भारतमा रहेका नागरिकको तथ्याङ्क संकलन गर्यौं । झण्डै २ हजार १ सय नागरिक भारतमा कामका सिलसिलामा हुनुहुँदो रहेछ । त्यसपछि काठमाडौं र भारतबाट नागरिकहरू ल्याउन लागियो । काठमाडौंबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेनौं । किनभने त्यहाँ संक्रमण फैलिइसकेको थिएन । भारतबाट आउनेलाई चाहिँ हामीले बनाएको क्वारेन्टाइनमा राख्यौं । त्यति खेर गाडी पनि नपाइने । पाइएको पनि महँगो हुने । सुरुमा नागरिकले क्वारेन्टाइन बनाउने ठाउँमा पनि अवरोध गर्ने । हाम्रा टोलमा राख्नु हुन्न । हाम्रा गाउँमा नबनाउन् भन्ने गुनासो पनि व्यापक रूपमा आए । पछिल्लो समयमा जुन वडाका नागरिकहरू हुन त्यहीँको विद्यालयमा उनीहरूलाई क्वारेन्टाइनको व्यवस्था गरियो र उनीहरूको आरडीटी र पीसीआर परीक्षणहरू गराइयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




