चैतमा लकडाउन हुनुभन्दा अगाडि म धादिङ गएको थिएँ । धादिङ मेरो गृह जिल्ला हो । जिल्ला प्रशासनमा नागरिकताको कामले गर्दा म त्यता गएको थिएँ । त्यही मौकामा २-४ दिन गाउँ पनि जानुपर्यो भनेर गएँ । सदरमुकामबाट मेरो गाउँ जान ३ घण्टा जस्तो लाग्छ । गाउँ बसेर सदरमुकाम हुँदै काठमाडौं आउने अघिल्लो दिनमा लकडाउन हुने खबर आयो । अब त्यही दिन राती-राती काठमाडौं आउन पनि मिलेन ।
लकडाउन खुल्छ होला भन्दै सदरमुकाम धादिङबेसीमै बसेँ । लकडाउन खुल्ने संकेत नभएपछि फेरि गाउँमै फर्किएँ । त्यही बेलामा यता काठमाडौँबाट गाडी चाहियो मिलाएर आउनुपर्यो भनेर फोन आयो । कति काठमाडौँ गइरहेका थिए तर म भने जान सकिन । काठमाडौंबाट फोन आएपछि मैले चार पटकसम्म गाउँबाट धादिङबेसीसम्म आउने-जाने गरें । तैपनि केही साधन पाइन काठमाडौं जानका लागि । जबजब धादिङबेसी आउथे त्यही बेला लकडाउन कडा गर्दैछ अरे भन्ने खबर आउँथ्यो अनि फेरि गाउँ फर्किन्थें ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




