संघीय सरकारले चैत १० गते लकडाउन घोषणा गरेर ११ गतेदेखि लागू गर्यो । त्यो बेलासम्म हामीलाई चीन र इटालीको घटनाबारे मात्रै थाहा थियो । विभिन्न सञ्चार माध्यमबाट त्यहाँको घटनाबारे थाहा पाएका थियौं । ती देशहरुमा संक्रमण व्यापक फैलिएपछि नेपालमा पनि ढिलो चाँडो आउँछ भनेर हामीले भेरी नगरपालिकामा पनि सम्भावित संक्रमणबाट कसरी जोगिने भनेर छलफल सुरु गरेका थियौं । लकडाउनकै घोषणा गरेपछि त अझै गम्भीर भएर लाग्नै पर्यो ।
चीनमा लकडाउन प्रभावकारी भएकाले नेपालमा पनि त्यही प्रक्रिया अपनाउनुपर्छ भन्ने हामीलाई लागेको थियो । नगरपालिकाको मेयरको हैसियतले मैले यसलाई कडाइका साथ पालना गर्न सक्दो प्रयास गरें । सुरक्षा निकायका अंगहरुसँग सहकार्य गर्दै हामी अघि बढ्यौं । भेरी नगरपालिकमा १३ वडा छन् । त्यसैले हामीले प्रत्येक वडा अनुसार याक्सन टिम बनायौं । ५६ वटा टोल तहको पनि टिम बनायौं ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




