म १५ वर्षदेखि चरिकोटमा बेकरी सम्बन्धी व्यवसाय गरिरहेको छु। १५-१६ वर्षको उमेरदेखि नै मैले व्यवसाय सुरु गरेको हुँ। अहिले म २७ वर्षको भएँ। लकडाउनले हाम्रो व्यवसायमा गम्भीर असर पारेको छ। लकडाउनका कारण उद्योगका लागि आवश्यक कच्चा पदार्थ ल्याउन पनि गाह्रो भएको छ।
यो व्यवसायमा दैनिक सामान उत्पादन गरेर बजारमा पुर्याउनुपर्ने हुन्छ। यसले गर्दा १०-१५ दिनका लागि कच्चा पदार्थ लिएका हुन्छौं। दैनिक उत्पादन भएका सामग्री बजारमा पुर्याउन सकिएन भने त त्यो सबै नष्ट गर्नुपर्ने हुन्छ। अघिल्लो दिन बनाएर भोलिपल्ट दिनभर बेच्ने हो। त्यसपछि त्यो सबै सडेर जान्छ। देशभर लगाएको लकडाउन हटेर अहिले जिल्लाबाटै लकडाउन गर्न थालिएको छ। यस्तो लकडाउन कतिखेर हुन्छ भन्ने नै थाहा हुँदैन। यसले गर्दा धेरै पटक सामग्रीहरू खेर गएको छ। कम्तीमा लकडाउन हुने कुरा १ दिनअगाडि नै जानकारी हुने हो भने क्षति कम गर्न सकिन्थ्यो।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




