म एउटा कृषक र पर्यटन व्यवसायी दुवै हुँ । लकडाउन सुरु भएदेखि पर्यटन क्षेत्र ठप्प छ । कृषिमा पनि यसले ठूलै असर पारेको छ । लकडाउन सुरु हुँदाखेरि तरकारी बजारमा लैजाने बेला भएको थियो । त्यो बेलामा घरघरमै गएर मान्छेले सस्तो मूल्यमा तरकारी बेच्नुपर्ने बाधय्ता थियो । लामो बन्दाबन्दीले गर्दा अरू त उपाय थिएन । कि त बारीमै कुहिन दिने कि त लुकीलुकी भए पनि सस्तो मूल्यमै बेच्ने । काठमाडौं उपत्याकामै तरकारी व्यवसाय गर्नेहरूलाई केही सहज भयो होला । नाफा नभए पनि उनीहरूले आफ्नो खर्च उठाउन सके होलान् । घाटा खानेहरूले पनि थोरै मात्रै खाए होला । काठमाडौंमा तरकारी आउने धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँहरूका किसानहरूलाई भने ठूलै मर्का पर्यो त्यो हामी किसानहरूले बाहेक अरूले महसुस गर्ने सक्दैनन् ।
मैले माघमा लगाएको गोलभेडा निस्किने बेलामा लकडाउन भयो । मैले १२ रुपैयाँ किलोमा गोलभेडा बेच्नुपर्यो । सामान्य अवस्थामा भएको भए प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा बिक्री हुन्थ्यो । मलाई पहिलो चरणमै १० लाख जति घाटा लाग्यो । मैले अब यसलाई धेरै समय राख्नु हुँदैन भन्ने सोचेर ती बोटहरूलाई जेठको अन्तिमतिर फालेर नयाँ बोट लगाएँ । मसँग बिरुवा पनि हुने भएकाले मलाई खासै समस्या भएन । २० रोपनीमध्ये मैले अधिकांश बारीमा गोलभेडा लगाएको छु । भिन्डी खुर्सानी, काक्रो लगायत पनि लगाएको थिएँ । सबै तरकारी राम्रै थियो तर धेरै घाटा गोलभेडामा भयो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




