कोरोना अरूभन्दा भिन्न खालको विपद भएर होला केही फरक समस्याहरूको सामना गर्नुपर्यो । हामी त झन् स्थानीय सरकार, त्यसमा पनि यो हाम्रो पहिलो कार्यकाल अनि यस्तो किसिमको समस्या आएको पनि पहिलो पटक। त्यसमाथि नजिकको सरकार भएर होला यस्तो विपदको बेला सबैभन्दा बढि अपेक्षा हामीसँगै हुने रहेछ । सुरुमा राहतको कुराले हामीलाई बडो पिरल्यो, अनि बन्दाबन्दीको कारणले ।
यो कोरोना भाइरस यस्तो रहेछ कि संक्रमणभन्दा त्रास बढी हुने रहेछ । तैपनि हामीलाई लाग्छ हामीले अरू गाउँपालिकाको तुलनामा भिन्न तरिकाले काम गर्यौं । हामीले गाउँपालिकालाई सिल गरेर राख्यौं अनि नाकाहरूमा स्वयंसेवकहरू पनि परिचालन गर्यौं । हामीले क्वारेन्टिनको समेत व्यवस्था गर्यौं । सुरुसुरुमा हामीले निर्माण गरेको क्वारेन्टिनमा बाहिरबाट आएका मानिसहरूलाई राख्यौं भने पछिल्लो समय होम क्वारेन्टिनलाई बढी जोड दिइरहेका छौं ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




