म व्याचलरमा अध्ययनरत विद्यार्थी हुँ । पढाइको साथै म हाल गाउँमै खुलेको हस्पिटलमा रिसेप्सनीस्ट पदमा कार्यरत छु । पढ्नलाई म्यानेजमेन्ट पढे पनि हामीले पढेको र फिल्डमा मेल नखाने रहेछ । मेरो लागी बिलींग गर्ने, पैसा गन्ने, डाक्टरलाई बोलाइदिने, हस्पिटलको बारेमा जानकारी दिने जस्तो काम नौलै थियो । हस्पिटल पुरा फिनीसींग नभएकोले गर्दा हस्पिटलले धेरै प्रचार प्रसार भने गरेको छैन । तै पनि गाउँमै खुलेको हुनाले त्यतैको मान्छेहरूको आवतजावत र चेकअप भने सुरु भई सकेको थियो ।
नयाँ काम नयाँ अनुभवहरू बटुल्दै थिए, त्यत्तिकैमा कोरोनाले नेपालमा नि आएको हल्ला सुनिन लाग्यो । म पनि आत्तिन लागिसकेको थिए । म त के भन्नु म भन्दा बढी त मेरो परिवार आत्तिएका थिए । बुबाले त मलाई ड्युटी जान छोड्दे छोरी पनि भन्नु भएको थियो । त्यसपछि कोरोना फैलन नदिनको लागि सरकारले चैत्र ११ गतेबाट गरेको लकडाउन घोषणा गर्यो । त्यसपछि भने कामको शैलीमा चेन्ज आयो । हामी काम गर्ने स्टाफहरू ७ जना थियौँ कोरोनाको सङ्क्रमण बढेपछि हस्पिटलमै क्वारेन्टाइनमा राख्ने कुरा निस्कियो । मेरा दुई साथीहरू चाही आउँदिन भनेर आएनन् र हामी पाँच जना त्यही हस्पिटलमै क्वारेन्टाइनमा बस्थ्यौँ ।
लकडाउन भएको त्यस्तै १५-२० दिनपछि हाम्रो हस्पिटलमा पनि सबै स्टाफहरुकोलागी पिपिई सुट आइपुग्यो । पिपिई सुट दिएपश्चात् हस्पिटलले ओपिडी सेवा भने बन्द गर्यो । त्यही ओपिडीलाई बिगारेर आइसोलेसन वार्ड तयार भयो । सबै हस्पिटलहरूले ओपिडी सेवाहरू बन्द गरे पनि हाम्रो हस्पिटलले भने नयाँ आईसोलेसल वार्डबाटै ओपिडी सेवा प्रदान गर्न थाल्यो ।
चैत वैशाखको गर्मीमा त्यस्तो हप्प हुने सुट लगाउनु त्यसमाथि पनि भाईजर, डबल मास्क, डबल पन्जालगाउदा गाह्रो हुन्थ्यो। पिपिई सुटमा पसिना खलखल आउँथ्यो । मानौँ यदि हामीले गोजीमा आलु वा अण्डा राखेको भए उसिनिसक्थ्यो होला । फेरि खाना खाने बेला भने हामी सुट खोलेर खान जान्थ्यौँ । साबुन पानीले मिची मिची हात धोई स्यानिटाइजर प्रयोग गर्दै खाना खान्थ्यौँ । हस्पिटलले हाम्रो सुरक्षाकोलागी र खानामा भने केही कमी गरेको भने थिएन । खाना खायो फेरी वास रुम जान पर्ने हुन्थ्यो । पिपिई सुट यस्तो सुट भयो जुन लगाउन पनि र खोल्न पनि एक जना साथी चाहिन्थ्यो नै । कहिलेकाहीँ बिजी आवरमा वास रुम जान परेमा एक छिन रोकेर बस्ने र साथी फ्री भएपछि सुट खोली दिएपछि मात्र गइन्थ्यो ।
म संयुक्त परिवार बस्छु । जहाँ बाजे अजीको साथै काकाको साना छोराछोरीहरू पनि छन् । कोरोना भाइरस सबै भन्दा छिटो बच्चा तथा बूढाबूढीलाई सर्छ भन्ने सुनेको थिए । त्यसैको डरले गर्दा पनि म घर जान चाहँदिन थिएँ । म काम गर्न ठाउँबाट १० मिनेटमा हिँडेर पुग्ने घर मेरो लागी धेरै टाढा भयो । मैले बिदेसिएको छोरी जस्तै भिडियो कलको भरमा चित्त बुझाए। यसरी अस्पतालमा नै बसिरहँदा घरको आफ्नोमान्छेहरुको सम्झना भिडियो कलले मेटिएन अनि छुटी मिलाएर १ दिनकोलागी घर गए । घरमा सबैलाई हेर्न मन लागेको थियो घर पुग्ने बित्तिकै सबैको अगाडी नगई पहिला नुहाई धुवाई गरे अनि मास्क र स्यानिटाइजर प्रयोग गर्दै आफन्त सँग धेरै दिनको भेट्ने तिर्सना मेटाएँ । म लगभग १ महिना जति हस्पिटलमै क्वारेन्टाइनमा बसेँ । त्यसपछि भने घरबाट नै आउजाउ गर्न थाले ।
सायद त्यस्तै वैशाख महिनाको अन्तिम अन्तिम तिर होला हस्पिटलमा १ जना कोरोना सस्पेक्ट केश आयो । यो बेला मेरो ड्युटी परेको थियो । उहाँ हस्पिटल आउनु भयो । उहाँले नै बताएअनुसार १५-२० दिन देखि उहाँ घर बाट निस्कनु भएको रहेनछ। तर पनि उहाँ एक्लै आउनुभएकोले मनमा झनै डर लाग्न थालेको थियो । खासमा उहाँ टिबी रोगले पीडित हुनुहुँदो रहेछ । अब के थाह कुन रोग हो भनेर उहाँ आएपछि मैले मेरो पछि ड्युटी गर्ने साथीलाई फोन गरेर अब ३ दिन म नै ड्युटी गर्छु तिमी नआउनु है हस्पिटलमा कोरोना को रोगी आएको छ भने । उहाँको रिपोर्ट नआएसम्म म पनि घर नगई हस्पिटलको क्वारेन्टाइनमा नै बस्ने निधो गरेँ । पछि उहाँको कोरोना नेगेटिभ रिजल्ट आयो । उहाँलाई पछि उहाँको आफन्तहरू आएर लिएर जानुभयो ।
असारबाट भने म पहिलाको जस्तै गरी ९ घण्टे ड्युटी गर्न थालेका छु । हाम्रो हस्पिटलले पिपिई सुट लगाएर भए पनि ओपिडी सेवा दिई रहेको छ । जसले गर्दा पहिला जस्तै हाम्रो हस्पिटल नर्मल अवस्था मै चलिरहेको छ । त्यसको साथै हामी पनि नर्मल स्टेज जसरी चलिरहेका छौ तर पनि मनमा डर भने उत्तिकै छ । कोरोना को बाट कहिले कसरी र के गरी सर्छ भन्ने थाहा नपाएकोले म झन् रिसेप्सनमा धेरै मानिसहरूसँग भेटघाट हुने भएकोले झन् बढी डर लागेको छ । आशा गरौँ यो कोरोना छिट्टै हराउनेछ र आनन्दले पहिलाको जसरी काम गर्न पाउने छौँ ।




