मेरो नाम कमला रेग्मी हो । म अहिले ५३ वर्ष पुगेँ । म भर्खरै कोरोना सङ्क्रमणबाट निको भएर फर्किएकी हुँ । १७ दिन म टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसियु (इन्टेन्सीभ केयर युनिट)मा बस्नुपर्यो । ३ दिनसम्म त म बेहोस थिएँ ।
टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मेरो लागि मन्दिर हो । मैले नयाँ जीवन पाएको ठाउँ हो यो अस्पताल । डाक्टरहरू कोरोना लागेका मान्छेलाई छुँदैनन्, ढोकाबाट हेरेर जान्छन् भन्ने सुनेकी थिएँ । तर होइन यहाँ त हामीलाई झ्याप्प अँगालो हाल्छन् । बिरामीलाई साह्रै माया गर्छन् । यहाँका डाक्टर त भगवान् हुन् ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.









