मेरो नाम सलिना तामाङ, घर नुवाकोट साल्मे । हाल काठमाण्डौको कपुरधारामा बस्छु । ३१ वर्षकी भएँ । श्रीमान्, बहिनी, छोरी र म समेत गरेर यहाँ हाम्रो ४ जनाको परिवार छ । घरमा आमा, बुबा र देवर छन् । तीन वर्षदेखि मैले आफ्नै सिलाई पसल (टेलर) खोलेर बसेकी छु । सानो भएकाले खात्राक, खुत्रुक काम मात्र आउँछ । काम आइरहने भएकाले व्यस्त त भइन्छ तर कमाई भने राम्रो छैन । हरेक मैना भाडा तिर्न धौ धौ नै परिरहन्छ । चार जनाको परिवार पाल्ने मात्र होइन छोरी र बहिनीलाई पनि सिलाई कै काम गरेर पढाइरहेकी छु । श्रीमानको कमाई भने खासै छैन । यही पसलको भरमा सबै खर्च धान्दै छु तर साह्रै गाह्रो छ ।
बहिनी १२ क्लासमा पढ्छे । उसले क्लास बाहेकको अरू समय काममा सघाउँछे । श्रीमानले होटेलमा काम गर्नुहुन्छ । अहिलेसम्म परिवार सबैसँगै छौँ । दुःख भए पनि दुःख मानेका छैनौँ । जीवनमा नसोचेका कुराहरू भोग्नुपर्दो रहेछ। २०७२ सालको भूकम्पले घरको नक्सा बदलिदियो । धरापमा थापेको बम जस्तो भएको छ घर । कति बेला भत्कने हो, टुङ्गो छैन । गाउँघरको कमाइले खान पनि पुग्दैन, घर बनाउनु त झन् परको कुरा । त्यस्तो घरमा बसेर के गर्नु ?
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




