Shabda Drishya
  • Login
  • होमपेज
  • आम मान्छेको कथा
  • कोरोना कथा
  • अनुभव / बिचार
  • पडकास्ट
  • मल्टि मिडिया
  • होमपेज
  • आम मान्छेको कथा
  • कोरोना कथा
  • अनुभव / बिचार
  • पडकास्ट
  • मल्टि मिडिया
No Result
View All Result
Shabda Drishya
No Result
View All Result
Home कोरोना कथा

कोरोना लागेका व्यक्तिलाई अपहेलना होइन माया गरौँ

Shabda Drishya by Shabda Drishya
September 26, 2020
Reading Time:1 min read
0

नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिदै हामी धेरै आत्तिएका थियौं । यसले चीन, इटाली, अमेरीका लगायतका देशमा आफ्नो तहल्का मच्चाई जो सकेको थियो । दिनानुदिन बढ्दो संक्रमित अनि बढ्दो मृत्युको दर अनि त्यहाँका मानिसहरुले भोगेको पिडाले हामीलाई पनि अत्याई सकेको थियो । संक्रमित र मृत्युदरले मात्र होइन कोरोना भाइरसससँग जोडिएर आएका भ्रामक हल्ला र अफवाहहरुले त झन् दोब्बर अत्याएको थियो । अरु त अरु यो भाइरसका कारण संसारकै अन्त्य हुन्छ भन्ने समेतका गलत हल्लाले मानिसहरुलाई थप पीडित बनायो । समाचारहरुमा समेत मानिसको संक्रमण दर अनि मृत्यु दर बढेको देख्दा हामी स्वास्थ्यकर्मी त अत्यन्तै हतास थियौं भने अरुका कुरा त के गर्नु र ।

पेशाले म एक नर्स । अहिले बि.पि. प्रतिष्ठान धरानको डाईलायसिस  विभागमा कार्यरत छु । यो पेशाको वास्तविक परिक्षा हामी स्वास्थ्यकर्मीहरुले सायद यो समयमा बढि दिईरहेका छौं जस्तो लाग्छ । यो समय अरुका लागि जति कठिन छ हाम्रो लागि पनि उत्तिकै गाह्रो छ अझ सायद अरुको भन्दा धेरै किनकि यसमा आफू जोगिएर अरुलाई जोगाउने चुनौती जो छ हाम्रो अगाडि ।

यो कोरोना कहरमा हामीले जतिसक्दो राम्रो तथा सहज सेवा दिने प्रयास गरिरहेका छौं । नेपालमा कोरोना भाइरसको संक्रमण अन्य देशको तुलनामा थोरै ढिला देखियो । एक हिसाबले यो राम्रो कुरा हो । यसले गर्दा हामीलाई मानसिक रुपमा तयार हुन सजिलो भयो जस्तो लाग्छ । तथापि सुरुवाती समयमा विविध समस्याको सामना गर्नु परेको कुरा पनि बिर्सन सकिन्न । पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री थिएन । रोग परिक्षणका लागि आवश्यक उपकरणको अभाव थियो । अहिले भने व्यवस्थापन अलि सहज भएको छ तर काम गर्नु भने अझै पनि अरुबेला भन्दा चुनौतीपूर्ण नै छ ।

लकडाउनको प्रभावले सामानको आपूर्ति नहुनु, स्वास्थ्यकर्मीहरु विभिन्न सामाजिक अपहेलनाको  शिकार हुनु अझ पीपीई लगाएर काम गर्नुको पिडा त झन् बयान गरि साध्य नै छैन । विभिन्न उतारचढावको बावजुद पनि हामीले कोरोना पोजिटिभ बिरामीलाई सफल डायलाईसिस सेवा प्रदान गरिरहेका छौं । अरुले हाम्रो कामलाई कदर गरुन् या नगरुन् तर हामीलाई थाहा छ यो डर र त्राश बीच हामी कति खट्टिएका थियौं र छौं भनेर । त्यसैले पनि म आफू त सन्तुष्ट छु आफ्नो कामबाट ।

पीपीई लगाएर श्वास फेर्न गाह्रो हुँदा झन्डै बेहोस पनि भएकी छु तर यस्तो अवस्थामा पनि मैले कहिल्यै पनि हरेश खाँइन । बरु बिरामीको सेवा गर्न पाएकोमा खुशी छु । बिरामीहरुलाई नै श्वास फेर्न सहज होस्, बिरामी तथा उनीहरुको परिवारको मुस्कान बचाई राख्न र टुटेको आत्मबललाई हदैसम्म जोड्ने कोशिस गरेका छौं हामी स्वास्थ्यकर्मीहरुले यो कहरको बेला । डायलसिसपछि खुशी हुँदै बिरामीहरुले धन्यवाद ‘सिस्टर’ भनेको सुन्दा सबै दुःख र पीडा हराएझैं लाग्छ । यो कोरोना कहरको समयमा मैले काम गर्ने विभागका साथै अन्य सम्पूर्ण विभागले उत्कृष्ट तथा सम्मान योग्य योगदान दिएको छ । यो कुरा अत्यन्त सराहनीय छ । बाहिर भन्नेलाई सजिलो छ तर यत्रो डर र त्राश बीच पनि काम गर्नेलाई थाहा छ काम गर्नुको सन्तुष्टि ।

यो समयमा हामीले काम गर्दा जति समस्या भोगेका छौं, त्यो भन्दा धेरै पीडा बिरामीहरुले भोगेका छन् । हाम्रो दु:ख त उनीहरुको अगाडि केहि होइन जस्तो लाग्छ । एकातिर आफ्नो शारीरिक कष्ट अनि मानसिक द्वन्द बोकेर बिरामी बाँचेका छन् भने अर्कोतिर भएको रोगसँगै कोरोनाको संक्रमण पनि हुने डर उत्तिकै छ । लकडाउनको बेला सजिलै यातायात पाँईदैन । सार्वजनिक यातायात नचल्ने भएकाले अस्पतालसम्म बिरामी निकै कष्ट भोगेर आइपुगेका धेरै देखेको छु मैले यो ६ महिनामा । उनीहरु ठूलो रकम बुझाएर अस्पताल आउन बाध्य छन् किनकि सबै ठाउँमा अस्पतालको एम्बुलेन्स पुग्न पनि त संभव छैन । यस्ता अनेक समस्या भोगेर आएका बिरामीको बाँच्ने आशालाई जोगाई राख्न हामीले त कुनै कसर छाडेनौं जस्तो लाग्छ तर समाचारमा कति अस्पतालले कोरोनाको त्राशले बिरामीहरुलाई उपचार गर्न नमान्दा कति बिरामीको अस्पताल घुमाउँदा घुमाउँदै मृत्यु भएको सुन्दा सार्है मन दुख्छ । जनसेवा हाम्रो पेशामा सबैभन्दा माथि आउँछ तर खै कहिल्यै सोचेंकी थिइन कुनै दिन सेवाभन्दा माथि आफ्नो सुरक्षा हेर्नु पर्ने दिन पनि आउँदो रहेछ हाम्रो पेशामा भनेर ।

समय आफै बलवान् छ । यसले बिस्तारै घाउहरु पुर्दै जान्छ भनेको सुनेकी थिएँ हो रहेछ । जसरी सुरुका दिनहरुमा कोरोना पोजेटिभ व्यक्तिलाई हेर्ने समाजको नजर थियो आजसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ । सुरुवाती दिनमा संक्रमीतले कति धेरै अपमानहरु सहनुपरेको कुराहरु सुनिन्थ्यो तर पछिल्ला दिनमा सोंचहरु बदलिदै छन् । कोरोना आतंकलाई अब सबैले नर्मलाईज गर्न बानी बसाल्दै छन् । मानिसहरुमा यसको भय कम भएको छ । भय कम हुनु राम्रो हो तर भय कम हुँदा संक्रमण फैलिने खतरा चैं झन् बढेर जान्छ । त्यसैले हामी अझ सचेत हुनुपर्छ तर आतंकित भने हुनु हुँदैन ।

कोरोना कहरले धेरै समस्या पार्यो । धेरैले दुःख पाए । संक्रमण कम गर्न लकडाउन राम्रो तरिका भएपनि यसले धेरैको दैनिकी ठप्प बनाए । कतिले रोजगारी गुमाउनु पर्यो, कति भोकै बस्नुपर्यो अनि कतिले अनेकौं अभावहरु झेल्नु पर्यो तर हरेक कुरामा नकारात्मक र सकारात्मक दुवै कुरा हुन्छ भन्छन् नि । संक्रमणको डरसँगै मानिसहरुले व्यक्तिगत सरसफाईलाई ध्यान दिन थाल्नुलाई भने यसको राम्रो पाटो मान्न सकिन्छ ।

एउटा स्वस्थ्यकर्मीको नाताले अन्त्यमा म सबैलाई अनुरोध गर्न चाहन्छु, हामी सबैले आफ्नो चेतनाको ढोका खोल्ने बेला आएको छ, हाम्रो थोरै मात्र प्रयासले हामीले कोरोनालाई हराउन सक्छौं । कोरोना लागेका व्यक्तिलाई अपहेलना होइन माया अनि साथको जरुरी हुन्छ चाहे त्यो आम मानिस होस् या स्वास्थ्यकर्मी, चाहे त्यो तपाईंको छिमेकी होस् या तपाईंको आफ्नै घरभित्रको परिवारको सदस्य होस् । हरेक व्यक्तिले आफ्नो-आफ्नो ठाँउबाट जागरुक भएर कोभिड-१९ लाई परास्त गरौँ, संयमता अपनाऔं । सबै कुरा ठिक हुन्छ ।

Author

  • Shabda Drishya

    View all posts

    RELATED POSTS

    धन्न सडकमै मर्नु परेन … !

    राज्यले पुरा गर्यो त आफ्नो दायित्व ?

    कर्णालीको पहिलो मृत्यु दुल्लुमै हुँदा निकै डरायौँ

ShareTweet
Shabda Drishya

Shabda Drishya

Related Posts

कोरोना कथा

धन्न सडकमै मर्नु परेन … !

November 14, 2020
कोरोना कथा

राज्यले पुरा गर्यो त आफ्नो दायित्व ?

November 11, 2020
कोरोना कथा

कर्णालीको पहिलो मृत्यु दुल्लुमै हुँदा निकै डरायौँ

November 6, 2020
कोरोना कथा

कोभिड सङ्कटले सिकाएको पाठ

November 5, 2020
कोरोना कथा

पहिरो पीडित सम्हाल्नु कि कोरोना पीडित हामीलाई हम्मे हम्मे पर्‍यो

October 25, 2020
कोरोना कथा

पटक पटकको असहयोग भयो, जे गर्‍यौँ आफ्नै बलबुतामा गर्‍यौँ

October 16, 2020
Next Post

अब कोरोनसंगै बाच्न सिक्नुपर्छ 

कृषिमा अनुदान होइन सहुलियतको ऋण दिनुपर्छ

नागरिकताको लागि कति लड्नु, को कोसँग लड्नु..
आम मान्छेको कथा

नागरिकताको लागि कति लड्नु, को कोसँग लड्नु..

by Shabda Drishya
March 5, 2022
0

'म आशदेव यादव । म कलैया उपमहानगरपालिका – २ कवलपुरमा बस्छु जुन नेपालमै पर्छ तर राज्यले मलाई अझै यो देशको...

Read moreDetails
नागरिकताको बारेमा बेला बेला हुने दलहरुको किचलो के हो ?

नागरिकताको बारेमा बेला बेला हुने दलहरुको किचलो के हो ?

August 7, 2021
किन विकृत बन्दै छ राजनीति ?

किन विकृत बन्दै छ राजनीति ?

July 30, 2021
राजनीतिज्ञ माथि प्रश्न किन गर्ने ?

राजनीतिज्ञ माथि प्रश्न किन गर्ने ?

July 21, 2021
विदेशमा श्रीमान् संक्रमित हुँदा…

विदेशमा श्रीमान् संक्रमित हुँदा…

July 20, 2021

सूचना विभाग दर्ता नं.: २७९७/०७८-७९

सम्पादक: दिप ज्योति श्रेष्ठ
तन्नेरी चासो सर्भिसेज प्रा.लि
Email: shabdadrishya@gmail.com

भर्खरका पोस्टहरु

  • नागरिकताको लागि कति लड्नु, को कोसँग लड्नु..
  • नागरिकताको बारेमा बेला बेला हुने दलहरुको किचलो के हो ?
  • किन विकृत बन्दै छ राजनीति ?

विषय सूची

  • आम मान्छेको कथा
  • आवाज
  • कोरोना कथा
  • पडकास्ट
  • ब्लग
  • मल्टि मिडिया

© 2021 TCS - Tanneri Chaso Servives Pvt .ltd | Powered by ASIT.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • आम मान्छेको कथा
  • कोरोना कथा
  • अनुभव / बिचार
  • पडकास्ट
  • मल्टि मिडिया

© 2021 TCS - Tanneri Chaso Servives Pvt .ltd | Powered by ASIT.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?