फार्ममा हामीले यस पटक मिश्रित तरकारी खेती गरिरहेका छौँ । हामीले काठमाडौँको हात्तीगौंडामा १३ रोपनीमा खेती गरेका हौँ । आठ वटा फार्म मिलेर खेती गरेका हौँ । यसरी खेती सुरु गरेको पनि सात वर्ष भई सक्यो । चार रोपनीमा भने म एक्लैले गरेको छु ।
लकडाउनको बेलामा अरूले जस्तै हामीले पनि समस्या भोग्नु पर्यो । प्राविधिक कृषि (ओजेटी) पढेकाहरू हाम्रो फार्ममा प्रयोगात्मक अध्ययनका लागि आउँछन् । देशका विभिन्न प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू निश्चित समयका लागि आउने अनि यहाँ काम गरेर जाने गर्छन् । यो क्रम वर्षैभरि चलिरहन्छ । सुर्खेत र रोल्पाको विद्यार्थी टोली आएको केही समयमा लकडाउन सुरु भयो । जब लकडाउन सुरु भयो उनीहरूलाई काम गर्ने वातावरण भएन । उनीहरूलाई फिल्डमा काम गर्ने सिक्ने मौका पाओस् भनेर यहाँ बोलाउने हो तर १६,१७ वर्षका भाइबहिनीहरूले राम्रोसँग काम गर्न सकेनन् । यो सबै लकडाउनले गर्दा नै हो । यस्तो हुँदा हाम्रो काममा असर पर्यो । तीन-चार महिना त्यो भाइबहिनीहरूलाई हामीले नै राख्यौँ अनि त्यसपछि त अर्को समूह आई हाल्छ कामलाई निरन्तरता दिन सक्छौँ भन्ने भयो तर लकडाउन खुल्ने नामै लिएन । यसले गर्दा नसोचेको कुरा भयो । हामीले उनीहरूलाई इन्टर्नमा राखेका हौँ तर लकडाउन र कोरोनाको डरले उनीहरू पनि कामका लागि मानसिक रूपमा तयार हुन सकेनन् । एउटा समूह १५ दिनमै फर्कियो अर्को समूह डेढ महिना बस्यो । त्यसले गर्दा हामीलाई दक्ष कामदारको धेरै अभाव भयो । कृषि बुझेकाले र नबुझेकाले काम गर्नुमा फरक जो छ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




