म एउटा व्यवसायी हुँ । सिराहामा सानो होटेल छ । त्यही चलाउँदै आएको थिएँ । कोरोनाको बेला क्वारेनटिनमा क्यान्टिन सञ्चालन गर्ने अफर आयो। करोनाको डरले कसैले पनि क्यान्टिन सञ्चालन गर्न मानेका थिएनन् र त्यो अफर नगरपालिकाले मलाई दियो । वैशाखदेखि म क्वारेनटिनमा बसेर क्यान्टिन सञ्चालन गरिरहेको छु । मैले यसलाई यस्तो कहरमा अवसरको रूपमा लिएँ । कोरोना जोखिम त धेरै नै थियो । सुरु सुरुमा सब ठिकठाक भए पनि १५ दिनपछि एकै पटक १८ जनामा कोरोना देखियो । त्यो देखेर सबै त्रसित भए । आत्तिएका थिए । सबैलाई जसोतसो सम्झाइ बुझाई गरेर काममा लगाएँ । क्वारेनटिनमा रहेका मानिसहरूलाई खाना, खाजा, तातो पानी खुवाउने जिम्मा लिएँ । अनि होटेल पनि बन्द भएकोले अहिले क्यान्टिन चलाई रहेको छु ।
क्वारेनटिनमा क्यान्टिन सञ्चालन गर्दा सुरु सुरुमा त मलाई खास डर लागेन । यस्तो अप्ठेरो समयमा सहयोग गर्नुपर्छ भन्ने लाग्यो । धेरैलाई कोरोना सङ्क्रमण देखिँदै थियो। हामी पनि पूर्ण रूपले सावधानी अपनाएर काम गरिएको थियौँ । तर क्यान्टिन व्यवस्थापक एक जनालाई पनि कोरोना पोजेटिभ देखिएपछि भने मनमा डर सुरु भयो । म पनि उहासंग हाँस्ने बोल्ने गरेको थिएँ ‘पक्कै पनि मलाई सङ्क्रमण देखिन्छ’ भन्ने कुरामा ढुक्क थिए । मन साह्रो आत्तियो । करिब दुई हप्ता क्वारेनटिनमा बसेँ । त्यस क्रममा मलाई पनि लक्षण देखिए जस्तो लाग्ने । त्यति बेला मनमा अनेकौँ कुरा आए । जे पनि कोरोनाकै लक्षण जस्तै लाग्थ्यो । सास फेर्न गाह्रो हुने, साँझ सुतेपछि बिहान उठ्न दिन्न जस्तो लाग्थ्यो । छातीमा केही अड्केको जस्तो हुन्थ्यो । खाना नरुच्ने हुन्थ्यो । एक जना डाक्टर साथी हुनुहुन्छ उहाँलाई दिनमा २० पटक फोन गरेर आफ्नो लक्षण बताउने गर्थेँ । पछि थाहा भयो त्यो त सब डराएर रहेछ । ‘वनको बाघले खाला नखाला मनको बाघले खान्छ’ भनेझैँ बाहिर नलागे पनि मनभित्र भित्र मलाई कोभिड भइसकेको थियो । यसबारे कसैलाई भन्न सक्ने अवस्था पनि थिएन । घरमा भन्यो भने टेन्सन होला भन्ने लाग्थ्यो । काम गर्ने भाइहरूलाई भनूँ भने डरले काम छोडेरै जालान् भन्ने लाग्थ्यो । करिब २ हप्तासम्म यसरी नै छटपटी रहेँ । आफ्नो मनलाई बुझाउँदै गएँ । अन्त्यमा रिपोर्ट नेगेटिभ आयो । सबै कुरा नर्मल भयो मेरो खुसीको सीमा रहेन । मृत्युलाई नजिकबाट देखेँ ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




