भदौ २४ गते मेरो पिताजी बिरामी पर्नु भयो । घोराहीको दीप ज्योति अस्पतालमा उपचार गराउँदा अल्सर देखियो । उहाँको अवस्था झनै कमजोर हुँदै थियो । उहाँ अस्पतालमा भर्ना हुनु भयो । रगत चढाउनुपर्ने भयो । अचेतझैँ अवस्थामा हुनुहुन्थ्यो । अस्पतालमा भर्ना गरिएको उनलाई रगत दिँदै अरू उपचार हुँदै थियो । त्योसँगै डा. मीनचन्द्र अधिकारीको सल्लाह अनुसार कोभिड–१९ को सङ्क्रमण भए नभएको बारेमा स्वाब पनि दिनु पर्ने भयो । अर्को दिन मैले मेरा बिरामी पिताजीको स्वाब दिन घोराही १५ को सङ्कलन केन्द्रमा जाँदाको भोगाई एकदम नमिठो रह्यो । भर्ना गरिएका, शरीरमा रगत दिँदै गरेका गम्भीर स्वास्थ्य अवस्थामा रहेका उनलाई म आफैले त्यहाँ पुर्याएको थिएँ, स्वाब दिनेहरूको सुचीमा उनको नाम पनि थियो । श्रीमती (सुलोचना गौतम) घण्टौँ लाइनमा पालो कुरिरहेकी थिइन् ।
यस्तो बेलाको मनोदशा, छटपटी र जोखिम कस्तो हुन्छ भन्ने मैले नजिकसँग भोगेँ । संसार कोभिड–१९ विरुद्ध लड्दै छ । सङ्क्रमित पहिचान गरी उनीहरूलाई कोरोनामुक्त बनाउँदै समाजलाई नै कोरोनाबाट मुक्त बनाउन अहिले संसारका सबै संरचनाहरू परिचालित छन् भन्ने सुनेको तर मैले व्यवहारमा त्यसको महसुस गर्न पाइन । अहँ कत्ति पनि गर्न पाइन । यस्तो भोगाई मेरो मात्र हो कि अरूको पनि हो त्यो म दाबीको साथ भन्न सक्दिन तर मलाई लाग्छ धेरै भुइँमान्छेको भोगाई यस्तै यस्तै होला । त्यसमा पनि नेपालमा मात्र यस्तो हो कि अन्यत्र पनि यस्तै हो त्यो भने थाहा छैन । तर यस्तो महामारीमा पनि व्यवस्थापन निकै कमजोर थियो ।
Support authors and subscribe to content
This is premium stuff. Subscribe to read the entire article.




